Showing 491-500 of 1,203 items.
  • विवादका कारण स्थगित भएको एमालेको धनुषा जिल्लाको अधिवेशनअन्तर्गत आज मतदान हुँदै

    जनकपुरधाम- नेकपा एमालेको धनुषा जिल्लाको अधिवेशनअन्तर्गत आज मतदान हुन लागेको छ ।गत वैशाख २३ गते ८ औँ जिल्ला अधिवेशनअन्तर्गत मतदानको तालिका रहेकोमा धाँधली भएको भन्दै दुई पक्षबीच विवाद भई झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो ।उम्मेदवारहरुको अन्तिम नामावलीमा धाँधली गरेको भन्दै विवाद सुरु भएपछि झडप भएको थियो। त्यसक्रममा मतपत्र च्यात्नेदेखि कुर्सी तोडफोडसम्म भएको थियो। सोही क्रममा ५ जना घाइतेसमेत भएका थिए । समयमा अधिवेशन नभएपछि केन्द्रमा विवाद मिलाउने काम भएपछि आज मतदान हुन लागेको हो ।महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुन लागेको मत

    पुरै पढ्नुहोस्
  • आज पनि देशभर वर्षा, पाँचवटा प्रदेशमा बढी सम्भावना

    काठमाडौं - आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च-पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।आज राति: कोसी प्र

    पुरै पढ्नुहोस्
  • १८ दिनपछि भेटियो जमिनमा दबिएको गाडीको पार्टपुर्जा

    काठमाडौं - गत वैशाख १९ गते जमिनमा दबिएको डिआई गाडीको पाटपुर्जा फेला परेको छ। मंगलबार (आज) दिउँसो स्थानीय जनप्रतिनिधिहरूको रहोवरमा क्रेन र स्काभेटर प्रयोग गरेर खोज्ने क्रममा दबिएको गाडीको पुर्जाहरू फेला परेको हो। भूगर्भ शास्त्र केन्द्रीय विभाग, काठमाडौँबाट खटिएको भूगर्भविद्को टोलीले गरेर अध्ययनले गाडी सोही खाल्टोमा दबिएको निष्कर्ष निकालेको थियो। दुर्घटनास्थलको माटो परिक्षणका लागि लगिएकोमा सुरक्षा अपनाएर गाडी खोज्न सकिने राय प्राप्त भएपछि स्थानीय जनप्रतिनिधिले स्काभेटर र क्रेन प्रयोग गरेर हराएको गाडीको खोजी गरेका हुन्।करिब १० मिटर तल उत

    पुरै पढ्नुहोस्
  • राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

    काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रुपमा डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई केन्द्रिय बैंकको १८ औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि गभर्नर सिफारिस समितिले मंगलबार नै पौडेलसहित निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

    पुरै पढ्नुहोस्
  • कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

    कपिलवस्तु - कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए।कार्कीका अनुसार फरार सूचीमा रहेका अध्यक्ष चौधरी मंगलबार आफै उपस्थित भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। आजै म्याद थपका लागि अदालत उपस्थित गराइनेछ।उनले जबर्जस्ती करणीमा परेकी युवतीको गोपनीयता भङ्ग गरेको आरोप छ। चौधरी लोकतान्त्रिक समाजवादी पार्टीब

    पुरै पढ्नुहोस्
  • पोखरा आसपास भूकम्पको धक्का महसुस

    पोखरा  - कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

    पुरै पढ्नुहोस्
  • बटेश्वर गाउँपालिकामा अख्तियारको छापा

    बर्दिबास - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा छापा मारेको छ ।सोमबार अख्तियारले गाउँपालिका कार्यालयमा छापा मारेर अलपत्र र सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको हो ।अलपत्र र सेटिङका योजनाहरू अलपत्र सम्बन्धी समाचार सार्वजनिक भएपछि अख्तियारले कागजातहरू उपलब्ध गराउन पटक–पटक पत्राचार गरे पनि कार्यालयले अटेर गरेको थियो ।सोमबार कागजात लिन अख्तियारको टोली पुगेको थियो । तर, फाइल राखेको दराजको साँचो डेढ महिना अघि भ्रष्टाचार मुद्दा विशेषमा दर्ता भएपछि निलम्बित लेखा अधिकृत सुमनपुरीसँग रह

    पुरै पढ्नुहोस्
  • आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप समिति गठन

    काठमाडौं ।  सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट  निर्वाचित कार्यसमितिले  एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप  समिति गठन गरेको छ ।अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरु

    पुरै पढ्नुहोस्
  • भूमि सम्बन्धि विधेयक सुकुम्बासी समस्या समाधान होइन, भूमाफियाको हितमा: उपेन्द्र यादव

    काठमाडौं - जनता समाजवादी पार्टी  ( जसपा) नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा प्रस्तुत गरेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई गम्भीर आपत्ति जनाउँदै सो विधेयक सुकुम्बासी समस्या समाधानको नाममा भूमाफिया र जग्गा दलालको हितमा ल्याइएको आरोप लगाउनु भएको छ ।उहाँले फेसबुकमा प्रेसनोट सार्वजनिक गर्दै उक्त विधेयकले सुकुम्बासी समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभएको छ । यसबाट घरजग्गा व्यवसायी, भूमाफिया तथा जग्गा दलाललाई विशेष लाभ पुग्नेछ,यादवले भन्नुभएको छ। यो विधेयक देश र जनताको हितमा छैन।अध्यक्ष यादवका अनुसार

    पुरै पढ्नुहोस्
  • ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बोदे बर्साईनको वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम सम्पन्न

    उमेश कुमार साह सप्तरी - ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बोदे बर्साईन उप-सेवा केन्द्रको २० औं वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । उप- सेवा केन्द्र बोदे बर्साईनको आयोजनामा सोमबार एक समारोहको आयोजनासहित कार्यक्रम भएको हो ।कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको सामाजिक परिवर्तनको साथसाथै सनातन सेवा, मितव्ययीता, पारदर्शीता योग लगायतका सेवा र योगदान सवैले सिको गर्ने खालको रहेको बताउनुभयो । उहाँले सकरात्मक चिन्तनको लागि मानिस आध्यात्मिक, सादगी र सरल

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित