बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज २४, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
Rampam
3D Education Lahan

​दोहा, कतार । "सबल प्रवासी: समृद्ध नेपाल, सुखी नेपाली" र "रक्तदान, जीवन दान" भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च, कतारले आयोजना गरेको 'बृहत् रक्तदान कार्यक्रम' भव्यताका साथ सम्पन्न भएको छ। हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा १५२ जनाले रक्तदान गरी नयाँ रेकर्ड कायम गरेका छन्।
​केही वर्ष पहिले एनआरएनए एनसिसी (NRNA NCC) कतारको आयोजनामा सम्पन्न कार्यक्रममा १४३ जनाले रक्तदान गरेको अभिलेखलाई उछिन्दै यसपटक सर्वाधिक रक्तदाताको सहभागिता रहेपछि कार्यक्रम ऐतिहासिक बनेको हो। नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा आयोजित यस मानवीय कार्यमा नेपालीसहित भारत, श्रीलङ्का, बङ्गलादेश तथा विभिन्न अफ्रिकी मुलुकका नागरिकहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली सङ्घ-संस्थाका प्रमुख, पदाधिकारी तथा प्रतिनिधि गरी करिब पाँच सय जनाको उपस्थिति रहेको थियो।
​नेपाली रक्तदाता सङ्घ कतारका कार्यवाहक अध्यक्ष सन्तोष पौडेलले रक्तदान गरेर सुरुआत गर्नुभएको कार्यक्रम मञ्चका सचिव रघुनाथ शर्माको रक्तदान पश्चात् समापन भएको थियो। सहभागी सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
​कतारमा रहेर नेपाली श्रमिकहरूको हक-हित र सामाजिक सेवामा निरन्तर खट्दै आएको मञ्चका सचिव रघुनाथ शर्माका अनुसार ब्लड बैङ्कमा रगतको मौज्दात बढाउन र बिरामीहरूको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। रक्तदान कुनै जाति, धर्म, राष्ट्रियता वा राजनीतिक आस्थामा सीमित नभई साझा मानवीय अभियान भएको सन्देश यस कार्यक्रमले दिएको उहाँले बताउनुभयो।
​त्यस्तै, मञ्चका अध्यक्ष अफसर अलि खानले कतारको नेपाली समाजमा राजनीतिक विचार र आस्था फरक भए पनि भाइचारा, सद्भाव र आपसी समन्वय कायम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। रक्तदान कार्यक्रमले सामाजिक एकता र सहकार्यको महत्त्व थप उजागर गरेको उल्लेख गर्दै उहाँले कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, प्राविधिक टोली, हमाद अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, सहयोगी संस्था र बहुराष्ट्रिय रक्तदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
​नेकपा (एमाले) को प्रवासस्थित सङ्गठनका रूपमा रहेको प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको यस पहिलो रक्तदान कार्यक्रमले संस्थाको सामाजिक सक्रियता, सङ्गठनात्मक क्षमता र सामुदायिक एकतालाई उजागर गर्दै कतारमा नेपाली समुदायको सकारात्मक पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]