बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न जसपा नेपालको माग

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत १६, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न जसपा नेपालको माग
Rampam
3D Education Lahan

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले  कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न नसकिने बताएको छ ।  काठमाडौँको कोटेश्वर, जडिबुटी र तिनकुने लगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरी छानबिन तथा अनुसन्धान गर्नुपर्ने पार्टीले माग गरेको हो ।

प्रवक्ता मनिष कुमार सुमनले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेका दोषी वा जिम्मेवार व्यक्तिहरूलाई कानुन बमोजिम दण्ड सजाय दिलाउनु पर्दछ । पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउन, धनजनको सुरक्षा गर्न, हिंसात्मक घटना हुन नदिन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई रक्षा गरी संस्थागत गर्न आवश्यक ठोस् कदम चाल्नु पर्दछ। प्रतिक्रान्ति तथा प्रतिगमनकारी राजावादी शक्तिहरूलाई परास्त गर्दै जनआन्दोलन, जनविद्रोह र ऐतिहासिक मधेस जनविद्रोह लगायतका संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गरी मुलुकमा देखा परेका समस्याहरू खास गरी भ्रष्टाचार, लुटतन्त्र, कमिशनतन्त्र, अराजकता र दण्डहीनता, तथा जातीय, लैङ्गिक, वर्ण तथा वर्गका आधारमा हुने गरेका उत्पीडन, विभेद र असमानताको स्थितिलाई अन्त्य गर्दै मुलुकमा सुशासन, समानता, सामाजिक न्यायका साथै विकास र समृद्धिका लागि ठोस् कार्य गर्न समेत आग्रह गरिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली सर्वोत्तम लोकतान्त्रिक प्रणाली हो । यसमा आ(आफ्नो विचार राख्न, सभा, संगठन गर्न, विरोध गर्न पाउने स्वतन्त्रता र अधिकार सबैका लागि समान हुने पनि पार्टीको जिकिर छ । पार्टीले विगतका तीन दशक देखि कांग्रेस र कम्युनिस्टहरूले शासन गर्दा सत्ता र शक्तिको दम्भले जनतालाई प्रत्याभूति हुने गरी सुशासन, विकास र समृद्धिका लागि कार्य गर्न नसकेको बताएको छ । 

‘जसबाट आम जनतामा उत्पन्न भएको नैराश्य र आक्रोशको अवस्थालाई उपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई नै समाप्त पारी मुलुकमा एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दूराज्यको नाममा प्रतिगामी तथा प्रतिक्रान्तिकारी उद्देश्यका लागी २०८१ साल चैत्र १५ गतेका दिन गरिएको कार्यक्रम अनियन्त्रित, अराजक तथा हिंसक भई लुटपाट, तोडफोड र आगजनीमा परिणत हुनुका साथै निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्यासमेत गरिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

486958232_1003363328525358_903231231957865727_n

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]