रामएकवाल राम

दोहा :-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) एमालेका महासचिव शंकर पोखरेल कतार आउने भएका छन।

प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गर्न लागेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल कतार आउन लागेका हुन।

अगामी जुन ६ तारिख सनैयाको प्लाजा मल स्थित वेलफेयर सोसाइटी रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजे देखी कार्यक्रम हुने मञ्च कतारका अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए।