बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज १५, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
Rampam
3D Education Lahan

दोहा, कतार। कतारमा कार्यरत एसियन आप्रवासी श्रमिकहरूलाई लक्षित गर्दै आगामी अक्टोबर ३० तारिखका दिन बृहत् ‘एसियन मेडिकल क्याम्प २०२६’ आयोजना हुने भएको छ। कतार सरकारको स्वास्थ्य मन्त्रालय (MoPH) र हमद मेडिकल कर्पोरेसन (HMC) को मातहतमा रहने गरी यो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।
कतारमा क्रियाशील विभिन्न देशका सामुदायिक संस्थाहरूको समन्वयमा हुने यस अभियानमा नेपाली समुदायको सहजीकरण र सह-आयोजनाको मुख्य जिम्मेवारी अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारले पाएको छ। अक्टोबर ३० तारिख शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने शिविरमा कतारस्थित नेपाली संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा आम सर्वसाधारणलाई आमन्त्रण गरिएको अनेमुस कतारले जनाएको छ।
शिविरमा सहभागी हुने आप्रवासीहरूका लागि पूर्ण शारीरिक जाँच (Full Body Check-up), रगत तथा पिसाब परीक्षणका लागि अन-साइट प्रयोगशालाको व्यवस्था गरिएको छ। यसका साथै इसिजी, इको, अल्ट्रासाउन्ड, अडियोमेट्री (श्रवण शक्ति) परीक्षण र फिजियोथेरापी सेवा समेत निःशुल्क उपलब्ध हुनेछ।
शिविरमा मुटु, छाला, मूत्ररोग, नाक-कान-घाँटी, मिर्गौला, आँखा, हाडजोर्नी र जनरल मेडिसिनका वरिष्ठ विशेषज्ञ डाक्टरहरूले बिरामीहरूको प्रत्यक्ष जाँच गर्नेछन्। चिकित्सकको सिफारिस बमोजिम शिविरस्थलबाटै निःशुल्क औषधि वितरण गरिने र थप उपचार आवश्यक पर्ने बिरामीलाई हस्पिटल रेफरल तथा फलो-अप सहायता प्रदान गरिने आयोजकले जनाएका छन्। स्वास्थ्य जाँचका अतिरिक्त क्याम्पमा विशेषज्ञहरूसँग स्वास्थ्य सचेतना अन्तरक्रिया हुनुका साथै सहभागीहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ।
स्वास्थ्य शिविरकै अवसरमा हमद मेडिकल कर्पोरेसनको ब्लड डोनेसन युनिटसँगको साझेदारीमा बृहत् रक्तदान कार्यक्रम तथा अङ्गदान दर्ता डेस्क समेत सञ्चालन गरिनेछ।
अनेमुस कतारका अनुसार शिविरलाई व्यवस्थित बनाउन र भीडभाड कम गर्नका लागि अग्रिम नाम दर्ता अनिवार्य गरिएको छ। कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आयोजकले उपलब्ध गराएको आधिकारिक गुगल फर्मको लिङ्क (forms.gle) मार्फत आफ्नो विवरण र अनुकूल समय (Time Slot) छनौट गरी नाम दर्ता गर्न सक्नेछन्।
व्यस्त दैनिकी वा आर्थिक कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नपाएका सम्पूर्ण नेपालीहरूलाई यस ऐतिहासिक निःशुल्क शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन अनेमुस कतारले हार्दिक अपिल गरेको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]