Showing 1-10 of 304 items.
  • जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरू हुदैँ, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

    रामएकवाल राम काठमाडौं १५, भाद्र । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्र कुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर

    पुरै पढ्नुहोस्
  • लोसपा सङ्ग एकता पछी जसपा नेपालले बनायो २७९ सदस्यीय केन्द्रीय समिति

     काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकतापछि जसपा नेपालले एकीकृत पार्टीको केन्द्रीय समिति निर्माण गरेको हो ।  त्यसमा संरक्षक महन्थ ठाकुर रहेका छन् भने अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । ३३ जनाको पदाधिकारीमा सहअध्यक्ष शरद सिंह भण्डारी रहेका छन् भने वरिष्ठ नेतामा रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन् । सात जना उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव, रेणुकुमारी यादव रहेका छन् ।  ती

    पुरै पढ्नुहोस्
  • मधेशकेन्द्रितसहित ८ दलले मिलेर बनाए ‘अग्रगामी मोर्चा’, चुनावमा मिलेर जाने

    काठमाडौँ — गत निर्वाचनपछि संकटमा परेका तराई–मधेशकेन्द्रित विभिन्न दल, पूर्वको एउटा मोर्चा र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी मिलेर ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अवधारणापत्रमा हस्ताक्षर गर्दै मोर्चाको औपचारिक घोषणा गरेका हुन्। अवधारणापत्रमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. चन्द्रकान्त राउतको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टीलगायत दलहरूले हस्ताक्षर गरेका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन

    पुरै पढ्नुहोस्
  • 'नेपालको जलस्रोत’ पुस्तक लोकार्पण हुँदै, प्रमुख अतिथिमा उपेन्द्र यादव

    काठमाडौं, श्रावण ८। जलस्रोत विकास, जल व्यवस्थापन तथा जलवायु परिवर्तनका समसामयिक चुनौतीमा केन्द्रित महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक आगामी श्रावण १० गते काठमाडौंमा सार्वजनिक गरिने भएको छ। पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिएको छ।पुस्तक लोकार्पण समारोह आइतबार दिउँसो १:०० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजना हुनेछ। समारोहमा प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव रहने आयोजकले जनाएको छ। कार्यक्रममा जलस्रोत, वातावरण, नीति निर्माण, शिक्षा तथा विकास क्षेत्रसँग सम्बन्

    पुरै पढ्नुहोस्
  • बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन्। सरकारको सय दिने कार्यको समीक्षा र त्यसप्रति टिप्पणी गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष यादवले सरकारको पहिलो १०० दिन सुशासनमा सुधार, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना तथा राज्य संयन्त्रलाई प्रभावकारी बनाउने प्रयासमा के

    पुरै पढ्नुहोस्
  • भगवानपुरमा पत्रकारमाथि अवरोध भएको आरोप, प्रेस मञ्च नेपालको निष्पक्ष छानबिनको माग

    सिरहा, असार २१ — प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति सिरहाले भगवानपुर गाउँपालिकामा समाचार संकलनका क्रममा पत्रकारमाथि अवरोध भएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।समितिले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य पत्रकार मनु यादव निरज र पत्रकार कुलानन्द यादव सार्वजनिक सरोकारसँग सम्बन्धित विषयको समाचार संकलनका क्रममा अवरोध, धक्कामुक्की, क्यामेरा बन्द गर्न दबाब तथा कार्यालय प्रवेशमा रोक लगाइएको आरोप लगाइएको उल्लेख गरिएको छ।विज्ञप्तिअनुसार पत्रकारहरूले गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, उपाध्यक्षका श्

    पुरै पढ्नुहोस्
  • संविधान भत्काउन खोजे मुलुक द्वन्द्वमा धकेलिन्छ अध्यक्ष यादव

    काठमाडौँ १९, असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षणिक राजनीतिक स्वार्थका लागि सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्ति तर्फ धकेलिने चेतावनी दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् 'संविधान संशोधन सम्बन्धी बहस' बारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले राजनीतिक दल र सरकारलाई संविधानको जग नष्ट नगर्न सचेत गराएका हुन । यदि त्यसो गरिए अग्रगामी परिवर्तनका पक्षधरहरूबाट त्यसको सशक्त प्रतिरोध

    पुरै पढ्नुहोस्
  • न्यायको खोजीमा पुगेका सेवाग्राहीको निवेदन नै दुई पटक हराएको आरोप, कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमाथि गम्भीर प्रश्न

    ओम प्रकाश यादवसप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमा न्यायको अपेक्षासहित पुगेका एक सेवाग्राहीले आफ्नो निवेदन नै दुई-दुई पटक हराइएको आरोप लगाएपछि स्थानीय तहको न्यायिक संयन्त्रको पारदर्शिता, जवाफदेहिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। कञ्चनरुप नगरपालिका–११ का स्थानीय सत्यनारायण मण्डलले आफ्नो जग्गा अतिक्रमणसम्बन्धी दिएको निवेदन न्यायिक समितिबाटै पटक–पटक गायब भएको दाबी गरेका छन्। उनले प्रभावशाली व्यक्तिको दबाब र पहुँचका कारण आफूले न्याय नपाएको आरोपसमेत लगाएका छन्। मण्डलका अनुसार उनले वि.सं. २०४० सालमा ६० हजार रुपैयाँमा खरि

    पुरै पढ्नुहोस्
  • मनिष झाको पराजयमा लुकेको विजयी: धिरेन्द्र प्रेमार्षी

    धीरेन्द्र प्रेमार्षी काठमाडौ । सन्दर्भ पुरानो भइसक्यो, तर चर्चा सेलाउन मानेको छैन। नेपाली राजनीतिको चौतारीमा यतिबेला सांसद मनीष झाको नाम उत्कर्षमै गुन्जिरहेको छ। रास्वपाको महामन्त्री पदमा उनको पराजय भयो, तर विडम्बना हेर्नुस् — पराजितको चर्चा जित्नेभन्दा बढी भइरहेको छ। प्रतिस्पर्धी मात्र होइन, विजेताको नाम समेत ओझेलमा परेको छ। यो घटनाले जनमानसमा मनीष झाप्रति रहेको असाधारण आशा र विश्वासको झलक दिन्छ। पराजयपछि उनले देखाएको शालीनता र सहज स्वीकार्यताले उनको राजनीतिक परिपक्वतालाई झनै उज्यालो पारेको छ। तर बजार–चौतारीका केही जमघटमा यसैलाई लिएर 'खुच्

    पुरै पढ्नुहोस्
  • चुनावी धक्कापछि ब्युँझियो जसपा नेपाल, संगठन बनाउन आफै मैदानमा ओर्लिए उपेन्द्र यादव

    काठमाडौँ, २८ जेठ । प्रतिनिधि सभा निर्वाचनमा ब्यहोरेको अप्रत्याशित पराजयपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आक्रामक सांगठनिक रणनीतिमा होमिएका छन्। चुनावमा व्यहोरेको उल्टो धक्काले शिथिल बनेको पार्टी पंक्तिलाई नयाँ जीवन दिन र छरिएका शक्तिलाई एकत्रित गर्न अध्यक्ष यादव अहिले आफैँ भुइँतहको मोर्चामा उत्रिएका हुन्।केन्द्रको सत्ता राजनीतिको जोडघटाउ छाडेर यादव यतिबेला जिल्ला दौडाहामा निस्किएका छन्। पार्टीको केन्द्रीय समन्वय समितिले तय गरेको देशव्यापी अभियान अन्तर्गत पहिलो चरणमा पश्चिम नेपालका तीन रणनीतिक जिल्लाहरू बर्दिया, बाँके र सुर्

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित