बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा थारु कल्याणकारीणी सभाले अक्टोबर २ मा जितिया पर्व मनाउने

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज १५, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा थारु कल्याणकारीणी सभाले अक्टोबर २ मा जितिया पर्व मनाउने
Rampam
3D Education Lahan

रामएकवाल राम
दोहा, कतार । थारु कल्याणकारीणी सभा कतारले थारु समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व जितिया विशेष कार्यक्रम आयोजना गरी मनाउने भएको छ।
जातीय पहिचानको संरक्षण प्रवर्द्धन शैक्षिक आर्थिक समाजिक उत्थान हाम्रो सम्पर्ण भन्ने मूल नाराका साथ स्थापित सभाले आगामी अक्टोबर २ तारिख शुक्रबारका दिन सनैया स्थित मेस क्याफेको सभाहलमा विविध सांस्कृतिक कार्यक्रमसहित जितिया पर्व मनाउन लागेको हो।
प्रवासमा रहेका थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार तथा सांस्कृतिक विरासतसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सभाका प्रथम उपसभापति घनश्याम चौधरीले जानकारी दिए।
थारु समुदायमा जितिया पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। विशेषगरी महिलाहरूले आफ्ना सन्तानको सुख, स्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गर्दै व्रत बस्ने र पूजा–आराधना गर्ने परम्परा रहेको छ। जितिया पर्वलाई पौराणिक पात्र जिमुतवाहनसँग सम्बन्धित कथासँग जोडेर हेर्ने गरिन्छ।
पर्वका अवसरमा महिलाहरू सामूहिक रूपमा भेला भई पूजा–आराधना गर्ने, जितियासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कथा सुन्ने र विभिन्न सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन्।यसले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै समुदायबीच आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिन्छ।
कतारमा आयोजना हुन लागेको जितिया पर्वले प्रवासमा रहेका थारु समुदायलाई आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने संस्थाका  सभापति भगवती प्रसाद चौधरीले बताए।
यस्ता कार्यक्रमले नयाँ पुस्तालाई थारु समुदायको इतिहास, संस्कार र सांस्कृतिक परम्पराबारे परिचित गराउनसमेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
थारु कल्याणकारीणी सभा कतार महिला विभागको आयोजनामा हुने कार्यक्रममा थारु समुदायका साथै विभिन्न नेपाली संघसंस्था, शुभेच्छुक तथा संस्कृतिप्रेमीहरूलाई सहभागी भई जितिया पर्वको सांस्कृतिक उत्सवमा साथ दिन आह्वान गरेको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]