राधेश्याम राम
कडरबाेना (सप्तरी) - सप्तरीको सुरूङ्गा नगरपालिका ६ कडरवाेना वजारमा सडक निर्माण कम्पनीले वजारकाे दुवै साईडमा पक्की नाला र जेव्रा क्रसिङ्ग सहितकाे यु टर्न निर्माणकार्य नगरेकाेले उक्त निर्माणकार्य गर्न माँग राखि स्थानिय वासिले अवरुद्घ गरेका छन ।
वडा अध्यक्ष दिनेश रामका अनुसार निर्माण कम्पनिले माँग सुनवाइ नगरेपछि काम राेकिएकाे वताउनु भएकाे छ । कडरबाेना बजार सुरुङ्गा नगरपालिकाकाे मुटु रहेकाे भन्दै सेवाग्राहीलाई लाई मार्का पर्ने अवस्था रहेकाेले कार्य अवरुद्घ गरेका हुन ।
कडरबाेना बजारमा नगर अस्पताल, ईलाका प्रहरी कार्यालय, पशु पंक्षी विकास कार्यालय, कृषि विकास कार्यालय, हुलाक कार्यालय समेत रहेका छन भने वजार देखि दक्षिण महुलिया, अरहा, भज्जका, खजनपुर, रामपुर, महेशपुर हुँदै हुलाकि सडक सम्म जाेडने मुख्य सडक समेत रहेकाे अवस्थामा यस बजारमा यु टर्न जेव्रा क्रसिङ्ग, सार्वजनिक सवारी साधन राेक्ने स्टाेप नरहेकाेले दुर्घटना वढन सक्ने खतरा छ त्यस कारण स्थानीयले मागँ गरेकाे निर्माणकार्य हुनु पर्ने सु न पा ८ का पुर्व वडा अध्यक्ष ईन्द्रदेव चाैधरीले वताउनु भएकाे छ । स्थानिय वजारवासीले पटक पटक माग गर्दा सुनवाइ नगरेका कारण अहिले निर्माणकार्य अवरुद्घ गरेका छन । यता निर्माण कम्पनि का अनुसार डिजाइन स्टिमेटमा नरहेको भन्दै काम गर्न वाट पन्छिएका छन ।





















