बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नवराजपुर शिक्षक नियुक्ति प्रकरण: जनप्रतिनिधि, कर्मचारी र समिति अध्यक्षकै संलग्नता

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नवराजपुर शिक्षक नियुक्ति प्रकरण: जनप्रतिनिधि, कर्मचारी र समिति अध्यक्षकै संलग्नता
Rampam
3D Education Lahan

सिरहा - सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्ति प्रक्रियामा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ।

गाउँपालिका अध्यक्ष, शिक्षा इकाईका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलेमतोमा प्रति शिक्षक ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुल गरी नियुक्ति प्रक्रिया अगाडि बढाइएको र परीक्षाको अघिल्लो रात नै प्रश्न पत्र बाहिरिएको प्रमाणहरू फेला परेका छन्।

नवराजपुर गाउँपालिका–४ स्थित श्री जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयले गत असार १६ गते ९ जना र चैत ५ गते ३ जना गरी कुल १२ शिक्षक पदपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो। जसमा १५१ जनाले आवेदन दिएका थिए।

तर, नियुक्ति प्रक्रियामा राजनीतिक र आर्थिक प्रभाव पार्दै शिक्षा विकास तथा समन्वय इकाई समेतको मिलेमतोमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठनका लागि शिक्षा समितिबाट सिफारिस गराइएको देखिन्छ।

कानुनतः विद्यालयले अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन गर्नुपर्नेमा सो प्रक्रिया मिचेर पालिका अध्यक्ष शिव उदगार यादवले आफ्ना निकट व्यक्तिहरूलाई अस्थायी समितिमा मनोनीत गरेका थिए। यो समितिमा यादव निकट रामचन्द्र यादव, रामकुमार यादव, तारादेवी यादव र अमिरका यादव अस्थायी समिति सदस्य बनेका थिए।

शिक्षक नियुक्तिमा भएको आर्थिक लेनदेन पुष्टि गर्ने अडियो रेकर्डहरू समेत सार्वजनिक भएका छन्। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत घुरन यादव र विद्यालय व्यवस्थापन समितिका सदस्य जीवछ यादवबिच भएको फोन संवादमा उठेको रकमबारे कुराकानी भएको छ।

संवादमा घुरन यादवले ‘जसको पैसा लिएको छु, उसको नाम नै निस्केन। उठाएको एक पैसा पनि मुखियाज्यू (पालिका अध्यक्ष) कहाँ गएको छैन, भन्दै प्रभात ठाकुरको ५ लाख मात्र अध्यक्षकहाँ पुगेको र बाँकी रकम प्रधानाध्यापक मुरारी शर्माले लिएको बताएका छन्।

यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले एक उम्मेदवारसँग ८ लाख रुपैयाँ माग गरेको र पछि ‘भोज खर्चका लागि १ लाख ५० हजार दिनुस्, म प्रयास गर्छु’ भनी चेक लिएको तर नियुक्ति नभएको पीडितको गुनासो छ।

अनियमितताको सिलसिला यतिमै सीमित छैन। परीक्षाको एक दिनअघि राति १ बजेर १३ मिनेटमा बरियारपट्टी गाउँपालिका–१ स्थित आधारभूत विद्यालयका प्रधानाध्यापक रामसुफल यादवको मोबाइल नम्बरबाट आवेदकहरूको मोबाइलमा प्रश्न पत्र र त्यसको उत्तर समेत पठाइएको पाइएको छ।

यस सम्बन्धमा जनता नमूना माविका प्रधानाध्यापक मुरारी शर्माले प्रश्न पत्र बाहिरिएको र रकम असुलेको आरोपलाई ‘अफवाह’ भन्दै आफूलाई जानकारी नभएको र प्रमाणहरू ‘इडिटिङ’ गरिएको हुन सक्ने दाबी गरे।

गाउँपालिका अध्यक्ष शिव उदगार यादवले पनि अनियमितताको आरोप निराधार भएको र विपक्षीले भ्रम फैलाउन खोजेको जिकिर गरेका छन्।सभार:- नागरिक दैनिक

1748077163_2

1748077162_1

1748077161_3


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]