बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपाको खोल ओढेर कांग्रेसको संरक्षणमा लागेका लहान -२४ का वडा अध्यक्ष रासलाल राय

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपाको खोल ओढेर कांग्रेसको संरक्षणमा लागेका लहान -२४ का वडा अध्यक्ष रासलाल राय
Rampam
3D Education Lahan

लहान — लहान नगरपालिका–२४ का वडा अध्यक्ष रासलाल राय राजपूतमाथि आफ्नै पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पाखा लगाएर विपक्षी कांग्रेस पार्टीको संरक्षणमा लागेको आरोप चुलिंदो छ। जसपाका नेताहरूको आरोपअनुसार अध्यक्ष रायले पार्टीभित्रै असहिष्णुता, गुटबन्दी र कांग्रेसको लाइन समर्थन गर्ने प्रवृत्ति देखाएका छन्।

 बिगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका राय २०७९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट नदिएपछि जसपा प्रवेश गरेका थिए। जसपाबाट उम्मेदवार बनेर जित हासिल गरे पनि अहिले आएर उनले आफ्नै पार्टीका कार्यकर्तामाथि दमन गर्दै कांग्रेस निकट नेता कार्यकर्ताको संरक्षण गरिरहेको भनिएको छ। जसपा लहान २४ का नेताहरूले रायमाथि आफ्नो प्रभाव प्रयोग गरेर पार्टीभित्र डर र भ्रमको वातावरण सिर्जना गरेको आरोप समेत लगाएका छन्।

 रायमाथि आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई कुटपिट गराउने र योजनामा सहभागी नगराउने, बजेटको योजनामा आसेपासे, दलाल र भराैटेहरूलाई प्राथमिकता दिने तथा कमिसन उठाउने गम्भीर आरोप लागिरहेका छन्। उनले बजेटको योजनामा पनि पारदर्शिता कायम नगरेर व्यक्तिगत स्वार्थअनुसार काम गरिरहेका छन्।

 अध्यक्ष रायले मेयर महेश चौधरीसँग मिलेर चाइना रेल्वे कम्पनीमार्फत खोलामा मापदण्ड विपरीत तीन मिटरसम्म गहिरो उत्खनन गराएको पनि सार्वजनिक भएको छ। खोलाको स्रोत सुक्दा अहिले सिचाइ र खानेपानीको अभावले स्थानीय जनता समस्यामा परेका छन्। यस्तो गैरकानुनी काममा अध्यक्ष रायको संलग्नता कमिसनकै कारण भएको स्थानीयहरूको दाबी छ।

 विगतमा कांग्रेस लहान नगर सभापतिको भूमिका निर्वाह गरेका रायलाई कांग्रेसमै पनि गुटबन्दीको कारण विवादित मानिन्थ्यो। अहिले जसपामा आएर उनले त्यही पुरानै शैली दोहोर्याएको आरोप लागिरहेको छ। पार्टीका नेताहरूले भनेका छन्– जसपामा रायजस्ता व्यक्तिहरूको व्यवहारले संगठन नै कमजोर हुँदै गएको छ।

 वडामा सञ्चालन हुने योजना समितिहरूमा कांग्रेस निकट एक युवा कार्यकर्ता लाई पटक–पटक अध्यक्ष बनाइ योजनाको निगरानी जिम्मा दिइएको र त्यसै माध्यामबाट कमिसन असुल गर्ने कार्य भइरहेको छ। जसपाका युवा नेताहरूले यो शैलीलाई पार्टी नै बेच्ने प्रवृत्तिसँग तुलना गरेका छन्।

 उता, रायले आफ्नै पार्टीका उप–प्रमुख रामचलितर महतोविरुद्ध अदालतमा बयान दिएको विषयले थप आलोचना निम्त्याएको छ। जसपा भित्रकै नेताहरूको अनुसार मेयर महेश चौधरीसँग मिलेर १६ औँ नगरसभामा उप–प्रमुख अनुपस्थित हुँदा नीति तथा कार्यक्रम प्रस्तुति गर्नु र अदालतमा उप–प्रमुखको विपक्षमा बयान दिनु रायको दोहोरो चरित्रको प्रमाण हो।

वडा अध्यक्ष रायकाे तीन बर्ष कार्यकाल बितिसक्दा पनि वडामा नियमित नबस्ने, तीन बर्षमा तीन महिना पनि नियमित नबसेकाे र वडा कार्यालयमा कार्यबाहक (काबा, निमित्त )ले नै वडा कार्यालय संचालन गरीरहेेकाे स्थानीयहरु बताउछन।

 स्थानीय बासिन्दाहरूले पनि नेता रायप्रति आक्रोश व्यक्त गर्दै जुन जाेगि आए पनि कान चिरेको भन्ने लोकोक्तिलाई स्मरण गरेका छन्। पार्टीभित्रको नीति, सिद्धान्त र एकता विपरित कार्य गर्दै आएका रायप्रति जनस्तरमै असन्तोष चुलिँदै गएको छ।

 यद्यपि, केही नेताहरूले अध्यक्ष रायले केही विकासे काम पनि गरेका छन् भन्ने टिप्पणी गरे पनि बहुसंख्यक कार्यकर्ता भने उनको सत्तामोह, असहिष्णु र अवसरवादी चरित्रले जसपामा विकृति फैलिएको ठानिरहेका छन्। जसपाले अब रायजस्ता विवादित नेताको गतिविधिमाथि छानबिन गर्ने हो कि नगर्ने भन्ने प्रश्न पनि उठ्न थालेको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]