बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank

थारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज २१, २०८३ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
थारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
Rampam
3D Education Lahan

रामएकवाल राम
दोहा – थारु कल्याणकारीणी सभा च्यापटर कतारले जितिया पर्वको अवसरमा शुभकामना अदान प्रदान तथा संस्कृतिक कार्यक्रम सप्पन्न गरेका छन।थारू महिलाहरुको महान् पर्व जितिया पर्वको अवसरमा सनैया स्थित मेस क्याफेको सभा हलमा शुक्रबार शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाएका हुन।
जितिया पर्व तराईमा मनाइने साँस्कृतिक पर्वमध्येको एउटा मुख्य पर्व हो। तराईमा यस पर्वलाई आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ।
कतारमा बसोबास गर्ने थारु समुदायका युवाहरुको सक्रियतामा जातीय पहिचानको संरक्षण प्रवर्द्धन शैक्षिक आर्थिक समाजिक उत्थान हाम्रो समपर्ण भन्ने मुल नाराका साथ २००८ मा स्थापना गरेको थारु कल्याणकारीणी सभा च्यापटर कतारले उक्त कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा थारु महिलाहरुले परम्परागत पहिरनमै सजिएका थिए।  थारु दिदीबहिनीहरु आफ्नै मौलिक थारु पोषाक र गहनामा सजिएर आउनुभएको थियो। कार्यक्रममा झाम्टा नृत्य तथा साँकृतिक प्रस्तुतिहरु गरिएको थियो।
विधिवत रुपमा सुरु गरेको कार्यक्रमा संस्थाको महिला विभागकी प्रमुख शर्मिला चौधरीको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ कतारकी महिला विभागकि संयोजक रबिना मगरकी प्रमुख आतिथ्यता रहेका थिए । कार्यक्रमा नेपाली महिला समाज कतारकी उपाध्यक्ष लिला राई संस्थाका सभापति भगवती प्रसाद चौधरी, संरक्षक इन्जिनियर सियाराम चौधरी, प्रमुख सल्लाहकार हरि बहादुर महतो, विशेष सल्लाहकार श्यामलाल चौधरी, संस्थापक महामन्त्री तथा पूर्व संरक्षक एवं नेपाल इन्जिनियरिङ एसोसिएसन कतार च्याप्टरका अध्यक्ष इन्जिनियर सिताराम चौधरी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको संस्थाका प्रथम उपाध्यक्ष घनश्याम चौधरीले जानकारी गराए।
कार्यक्रम संयोजक गंगा चौधरी र पूजा चौधरीले स्वागत मन्तव्यद्वारा स्वागत गरेको कार्यक्रमलाई जितिया पर्वको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे सृजना चौधरीले प्रकाश पार्नुभएको थियो भने थाकसा कतारका सांस्कृतिक संरक्षक तथा सल्लाहकार अरुण कुमार चौधरीले परम्परागत जितिया कथा वाचन गर्नुभएको थियो।
ई. सिताराम चौधरी, प्रेसिडेन्ट, नेपाल इन्जिनियरिङ एसोसिएसन, कतार सेन्टर तथा थारू कल्याणकारिणी सभा, कतार च्याप्टरका संस्थापक महामन्त्री एवं सन् २०२५ सम्मका पूर्व संरक्षकले पनि आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो।
उहाँले आफ्नो मन्तव्यमा थारू समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो। थारू समुदाय नेपालको महत्वपूर्ण आदिवासी जनजाति समुदायमध्ये एक रहेको उल्लेख गर्दै उहाँले समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राख्नुभएको थियो।
त्यसैगरी, कतारमा रहेका थारू समुदायका नेपालीहरूबीच आपसी एकता, भाइचारा र सहकार्यलाई थप सुदृढ बनाउँदै सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो। विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनुका साथै नेपाली समाजका विभिन्न समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना कायम राख्नुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी अन्तर्राष्ट्रिय मिथिला कला संस्कृति ग्रुप दोहा, कतारको सहयोगमा मनिष गोस्वामी, सन्तोष विश्वकर्मा, मनोज शर्मा, जितेन्द्र पासवान, राम जनम मंडल, रामानन्द चौधरी,सैलेन्द्र यादव विसेश्वर प्रसाद, वोकिल मंडल लगायतका कलाकारहरूले पनि जोडदार प्रस्तुति दिएका थिए।
गुन्जा चौधरीलेले संचालन गरेको कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष तथा महिला विभागकी प्रमुख शर्मिला चौधरीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने सम्पूर्णमा अभार व्यक्त गर्दै जितिया पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]