काठमाडौँ -  पराराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघलाई आधिकारिकता दिँदै विदेशमा रहेको नेपाली दूतावासलाई बिहीबार सर्कुलर पठाएको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाविधेशनले महेश श्रेष्ठको नेतृत्वको पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको भन्दै परराष्ट्रले नेपाली दूतावासलाई सर्कुलर पठाएको हो । उच्चस्तरीय समितिले मे ३ देखि ४ तारिखसम्म काठमाडौंमा एकता महाधिवेशन गराएको थियो ।

यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेको छ ।

‘श्रेष्ठ नेतृत्वको एनआरएनएसँग सहकार्य गर्नका लागि संसारभरका कूटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेकोमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सचिव अमृतकुमार राई सहितलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ

संसारभरका एनसीसीहरुलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै आईसीसीसँग समन्वय गरेर संस्थागत हितका लागि काम गर्न अनुरोध पनि गर्दछौं ।’

उता बद्री केसी नेतृत्वको एनआरएनलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन कायमै छ । केसी पक्षले कात्तिकसम्म आफ्नो कार्यकाल रहेको भन्दै आफू आधिकारिक रहेको दाबी गर्दै आएका छन् ।

NRNA