बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

पोखरियामा रकम दिएर नियुक्ती लिएकाहरुको बिजोग, अधिकृत श्रीवास्तव मालामाल

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १२, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
पोखरियामा रकम दिएर नियुक्ती लिएकाहरुको बिजोग, अधिकृत श्रीवास्तव मालामाल
Rampam
3D Education Lahan

रंजित चौरसिया,

वीरगंज - पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले करोडौं करोड असुली दैनिक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीहरुलाई यती बेला बिजोग भएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको निमित्तको जिम्मेवारी खोस्दै आर्थिक र प्रशासनिक कामकाज नगर्न भने पछि कर्मचारीहरुमा खैलाबैला मच्चेको छ ।

अधिकृत श्रीवास्तवले आफै र आफ्ना केही बिचौलियहरु मार्फत दैनिक ज्यालादारीमा करिब ४ सय भन्दा बढीको नियुक्ती दिदै करोडौं कुम्ल्याउन सफल भएको समाचार स्रोतले जनाएको छ । कुनै पनि व्यक्तिलाई जागिर चाहियो भने सर्टिफिकेटको फोटो कपी सहित निवेदन लिई प्रति व्यक्ति डेढ देखि दुई लाख सम्म लिएर आउन अधिकृत श्रीवास्तवले अघोषित रुपमा घोषणा नै गरेका थिए भनि एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

सोही घोषणा अनुसार सयौं व्यक्तिहरुले रकम दिई नियुक्ती लिए पनि हालसम्म तलब नपाएको र अब भ्रष्ट अधिकृतको जिम्मेवारी खोसिएपछि उनीहरु पानी बिनाको माछा जस्तै छटपटाउन थालेको बताईन्छ । तलब नपाउने करिब पक्कापक्की भएपछि घुस दिएर जागिर खाएका व्यक्तिहरुले बिचौलिया र अधिकृत श्रीवास्तवलाई तथानाम गाली गर्दै आफ्नो रकम फिर्ता मागिरहेको स्रोतले जनाएको छ । रकम फिर्ता गर्नु पर्ने डरले अधिकृत श्रीवास्तवले मोबाईल स्विच अफ गरी कुरा गर्न नचाहेको ती स्रोतको भनाई रहेको छ ।

दैनिक ज्यालादारीमा दर्जनौं कार्यालय सहयोगी, सुपरभाईजर, गार्ड, सामाजिक परिचालक, कम्प्यूटर अपरेटर, स्विपर, स्वयंसेवक शिक्षक, फायरमैन, जेसिबी ड्राईभर लगायतका पदहरुमा नियुक्ती भएको स्रोतको भनाई रहेको छ । पोखरियामा हेन्थ ईन्सपेक्सन ७ औं तहको दरबन्दी नभएतापनि भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले रकम असुली गर्नको लागि दर्जनौं बिचौलियाहरु परिचालन गरेर करोडौं असुली नियुक्ती दिएको स्रोतको कथन रहेको छ ।

बिचौलियाहरुले नियुक्ती लिने व्यक्तिहरु सँग अढाई देखि ३ लाख सम्म असुली अधिकृत श्रीवास्तवलाई डेढ देखि दुई लाख सम्म बुझाएको ती स्रोतको भनाई रहेको छ । बिचौलियाहरु बसन्त आर्ट पोखरियाका सञ्चालक बलराम साह तेली, फायरबिकेट ईन्चार्ज नन्दकिशोर यादव उर्फ टाईसन, सहायक प्रशासन प्रमुख बिजय साह तेली, पञ्जिकरण शाखा प्रमुख सुनिल राम, अपाङ्ग तथा न्यायिक समिति शाखा प्रमुख ललन पटेल, वडा नं. ९ का सहायक वडा सचिव भगवान साह कानु, श्री नेपाल राष्ट्रिय आधारभुत कन्या मा.वि. सतवरीया पोखरियाका प्रधानाध्यापक रामबाबु चौहान, सुपरभाईजरमा नियुक्त भएका शैलेस गुप्ता, जगतपुर मननपुर निवासी सुमित साह गोढ, लमरिया निवासी रामचन्द्र साह तेली, कार्यपालिका सदस्य राधा साह कानु, श्रीसिया निवासी मदन चौहान लगायत मार्फत नियुक्ती भएको स्रोतले जनाएको छ । 

यतिमात्र होईन, भ्रष्ट अधिकृत श्रीवास्तवले निर्माण व्यवसायी, सप्लायर्स, एनजिओ लगायत सँग अग्रिम कमिशन लिएर कार्यदेश दिएकोमा अब भुक्तानी नहुने भनि चिन्ता बढेको एक ठेक्केदारले बताए । सो नगरपालिकामा भुक्तानी दिनु पर्ने जति रकम नभए पनि करिब ७ करोड रुपैया भुक्तानी गर्न बाकी रहेकोमा अधिकांश भुक्तानी लिनेहरु सँग अधिकृत श्रीवास्तवले अग्रिम कमिशन नै बुझिसकेको स्रोतको भनाई रहेको छ । भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले पोखरिया नगरपालिकामा जिम्मेवारी सम्हाले देखि भ्रष्टाचार बढेको, नगरपालिका अस्तव्यस्त भएकोले उनको कार्यकालमा भएको सम्पूर्ण कार्यको छानबिन गरी कारवाही गर्न नियमनकारी निकाय सँग नगरवासीहरुको माग रहेको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]