श्रीमतीको हत्या आरोपमा हरिराम यादव ३ महिनापछि पक्राउ
धनुषा - श्रीमतीको हत्या आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाँका हरिराम यादवलाई पक्राउ गरेको छ ।
उनी करिब तीन महिनादेखि फरार थिए । गत १७ फागुनमा उनकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।
हरिराम र अञ्जलीकी १० महिनाकी छोरीको अवस्था पनि सोही दिनदेखि अज्ञात छ ।
श्रीमतीसँग विवाद गरिरहने, कुटपिट गरिरहने हरिराम घटनापछि फरार रहेकाले उनैले हत्या गरेको आशंका गरिँदै आएको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्