विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित भएका छन्। १११८ मत प्राप्त गरेका यादवले नेविसंघका प्रज्वल विष्ट(हाक्कु)लाई ४३ मतको अन्तरले पराजित गरेका हुन्।त्यसैगरी सचिव पदमा नेपाल विद्यार्थी संघकी सुदिक्षा थापा मगर विजयी भएकी छिन। उनले ७४१ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेश कुमार यादवलाई १५३ मतले पराजित गरिन।यसैगरी कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशन कुमार पासवान निर्वाचित भएका छन्। अन्
पुरै पढ्नुहोस्
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सुरु भएको हो। परीक्षा तालिकाअनुसार आज पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा दिँदैछन्। यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए
पुरै पढ्नुहोस्
राजविराज - सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा पुन: रंजित यादव बाजी मारेका छन् ।समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट यादव दोस्रो पटक सभापतिमा उम्मेदवारी दिएका थिए । उनले ३९३ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विनय यादवले ३३२ मत ल्याए । अनेरास्ववियुकी मनिषा कुमारी साहले ३३१ मत पाइन् ।सचिवमा मुकेश कुमार साह र कोषाध्यक्षमा कञ्चन कुमारी ठाकुर निर्वाचित भएकी छन् । उनी दुबै जना समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीक
पुरै पढ्नुहोस्
रौतहट - रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलले जित हासिल गरेको छ । बुधवार सार्वजनिक भएको मत परिणाम अनुसार नेविसंघले भारी मतान्तरले विजय हासिल गरेको हो । सभापति पदमा नेविसंघका मोहम्मद नौसाद आलमले १ हजार १ सय ७४ मत प्राप्त गर्दै स्पष्ट जित निकाले । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत, भने अखिल (क्रान्तिकारी) का अजय पटेलले १७० मत प्राप्त गरे ।सचिव पदमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत
पुरै पढ्नुहोस्
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ आजदेखि पुनः सुरु गर्दैछ। आज दिउँसो बाराबाट अभियान सुरु गर्न लागिएका माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज मातृका यादवले जानकारी दिए। अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितका नेता आज दिउँसो बारा जाँदैछन्। अध्यक्ष अहिले चितवनमा हुनुहुन्छ नेता यादवले भने चितवनबाट उहाँ सिधै बारा आउने कार्यक्रम छ। आज राति सिम्रौनगढमा बास बस्ने र भोलि बिहानैदेखि बारामा अभियान सञ्चालन गरिने छ।फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा,
पुरै पढ्नुहोस्
सिरहा : लहानको जेएस मुरारका बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को प्यानल नै विजयी भएको छ।सभापतिमा रोहित कुमार राउत ५७५, सचिवमा सुजित कुमार यादव ५६०, कोषाध्यक्षमा अमलेश सिंह ५६८ र सदस्यहरु शर्मिला कुमारी चौधरी ५६०, अभिनव महासेठ ५४८, उज्ज्वल कुमार झा ५६६, रिकेश सदा ५५४, मो. अनिश शेख ५५९, आशका रुचाल ५५५ तथा सुनम कुमारी चौधरी ५५० मत ल्याएर निर्वाचित भएका छन। एमाले निकट अनेरास्ववियुले दोस्रो स्थानमा रहेको छ। सभापतिका उम्मेदवार मनिष कुमार चौधरीले ४३१ मत प्
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको सदरमुकाम स्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखि क्याम्पसको स्ववियूमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ ।स्ववियू सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव विजयी भएका हुन् । पृथ्वीले १७८ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी संयुक्त विद्यार्थी मोर्चाका सभापति उम्मेदवार विवेक कुमार मण्डलले ११० मत मात्र पाए ।स्ववियू सचिवमा रमेश कुमार यादव र कोषाध्यक्षमा राम यादव निर्वाचित भएका छन् । उनी दुबैजना नेविसंघकै छन् ।सदस्यहरुमा नेविसंघकै उपेन्द्र कुमार गुप्ता, राधिका कुमारी मण्डल, कञ्चन पासवान, आर
पुरै पढ्नुहोस्
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि अन्ततः पृथ्वीमा फर्किएका छन्।नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको हो ।बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो। पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो।यानले पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा पुन: प्रवेश गर्यो, जसपछि चार वटा प्यारासुट खुले र तिनीहरूलाई फ्लोरिडाको तटमा सुरक्षित रूपमा अवतरण गराइयो ।नासाको वाणिज्य क्रू कार्यक्रमका प्रबन
पुरै पढ्नुहोस्
काठमाडौं ।जनमत पार्टी पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बुझाएको स्पष्टीकरणमा सबै आरोप गलत भएको त्यसलाई प्रमाणसहित पुष्टि गर्न अध्यक्ष राउतलाई चुनौती दिएका छ। उनले आफूमाथि लगाइएको आरोप नियोजित र पूर्वाग्राही रहेको र आफ्नो राजनीति जीवन विवादमा ल्याउन र बदनाम गराउने उद्देश्यले स्पष्टीकरण सोधिएको दाबी गरेका छन् । आफूले फेसबुकमा लेखेको कुरा कुनै व्यक्ति वा पार्टीलक्षित नभएको र निजी विचार रहेको उल्लेख गरे । आफूमाथि लगाएको आर्थिक अनियमिताको विषय निराधार रहेको र त्यसको छानबिन गराई सत्यतथ्य बाहिर ल्याउन उनले
पुरै पढ्नुहोस्
सिरहा– सिराहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सनाखत बस्ने नक्कली बुवालाई प्रहरीले आज बेलुकी पक्राउ गरेको छ पक्राउ पर्नेमा अमानत मिया रहेका छन् । भारत बिहार मधुवनी देउधाका मुस्ताकले २०८० असारमा नागरिकता प्राप्त गरेका थिए । सिरहा नरहा गाउँपालिका - ३ बस्ने अमानत मियाँ र रजिना खातुन दुई जनाले नक्कली आमाबुवा बनेर मुस्ताकलाई वडा अध्यक्ष रुस्तम अन्सारीको रोहवरमा फारम सिफारिस बनाइ नागरिकता दिलाइएको खुलेको थियो ।नरहाका एक स्थानीयले आज साँझ अमानत मियाँलाई पक्राउ
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित