बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

दलित समुदायले हिन्दु धर्म त्याग्नुको विकल्प छ त ?

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ९, २०८१ ५ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
दलित समुदायले हिन्दु धर्म त्याग्नुको विकल्प छ त ?
Rampam
3D Education Lahan

सिरहा - धर्म के हो ? धर्म किन मान्ने ? धर्म नमाने के हुन्छ ? नेपालमा केलाई धर्म भनिँदै आएको छ र मानिसको धर्मप्रतिको आस्था कस्तो छ ? आफू अनुकूल धर्म मान्ने वा नमान्ने छुट मान्छेलाई छ कि छैन ? संसारमा मानिसहरूले धर्मलाई कसरी हेर्ने गरेका छन् ? यस्ता गम्भीर र स‌ंवेदनशील प्रश्नको उत्तरका लागि घोत्लिने हो भने एउटा विषय मनमा आउँछ मानिसको जीवनलाई नै नरक बनाउने धर्मका बारेमा गम्भीर बहस जरुरी छ ।

भन्न त मानिसले धर्म मानिसलाई अनुशासित बनाई सुमार्गमा हिँडाउन, मानिसको उन्नति र प्रगति गर्न, पाप कर्म गर्नबाट जोगाउन बनाइएको भन्छन् । भगवान्‌सँग जोडेर मानिसको संरक्षणका लागि धर्म बनेको भनिन्छ । यदि धर्मको यस्तो पवित्र उद्देश्य छ भने किन हिन्दु धर्मले सधैं दलितको मात्र उठीबास लाउँछ ? किन हिन्दु धर्मले दलितको जीवनलाई नारकीय बनाउँदै आएको छ ? हिन्दु धर्म मान्ने अधिकांशले दलित समुदायमाथि धर्मकै नाममा बारम्बार गर्ने विभेद, अन्याय र अत्याचारको समग्र प्रवृति विश्लेषण गर्दा हिन्दु धर्म दलितका लागि बनेको होइन भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

दलित समुदायले मठ मन्दिरमै सबैभन्दा बढी विभेद भोग्दै आएका छन् । अधिकांश मन्दिरमा अहिले पनि प्रवेश निषेध छ । त्यसो त हिन्दु धर्मको उत्पत्ति र विकास नै विभेद, बहिष्करण र असमानतासँग जोडिएको छ । ऋग्वेदको दसौं मण्डलबाट सुरु भएको ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रजस्ता चार वर्ण रहेको वर्ण व्यवस्था नै आजको विभेदको जरो हो । उपनिषद्, पुराण र स्मृति हुँदै जात व्यवस्थामा रुपान्तरण भएको यसलाई जंगबहादुर राणाले विसं १९१० को मुलुकी ऐनमार्फत कानुनी रूपमै संस्थागत गरे ।

यसले नेपाली समाजलाई अनन्तकालसम्म अन्धकार र पछौटेपनमा धकेल्ने काम गर्‍यो । आजको दुनियाँ सूचना, प्रविधि र विज्ञानमा फड्को मारेर कहाँ पुगिसक्यो, नेपाली समाज भने यही वर्ण र जात व्यवस्थालाई काखी च्यापेर बसिरहेको छ । नेपाली समाज ज्ञान, विज्ञान र चेतनामा आधारित भएको हुन्थ्यो भने दलितहरूले यसरी विभेद भोग्न पर्ने थिएन ।

महिला र दलितमाथि हुने विभेदको मूल स्रोत हिन्दु वर्ण र जात व्यवस्था नै हो । ऋग्वेदको दसौं मण्डलमा चार वर्णको कल्पना नगरेको भए समाजमा यसरी श्रेणीगत विभाजन र विभेद हुने थिएन । अहिले महिलाले ४८ दिन मन्दिरमा पूजापाठ गर्न पाउँदैनन् । उनीहरूमाथि छुवाछुत हुन्छ । दलितहरूले ३ सय ६५ दिननै पूजापाठ गर्न पाउँदैनन् । उनीहरूले वर्षभरि नै हरेक कदम, श्रण पलमा विभेद भोग्दै आएका छन् ।

मठ मन्दिर, धारा, भोजभतेर, जन्म, विवाह र मृत्यु संस्कार सबैमा धर्मकै आडमा विभेद हुँदै आएको छ । यसरी मानिसको जीवन नै नारकीय बनाउने धर्मलाई मान्नैपर्छ, अँगाल्नैपर्छ भन्ने केही छ ? के हिन्दु धर्मलाई बहिष्कार गर्ने वा त्यागेर सधैंका लागि भौतिकवादी बन्न सकिँदैन र ?

धर्मका नाममा एकथरीले महास्वर्गको उपभोग गरिरहने र एकथरीले चरम विभेद, अत्याचार, दमन शोषण भोगिरहने हो भने त्यो धर्म असान्दर्भिक हुन्छ, त्याज्य हुन्छ । दलितहरूले हजारौं वर्षदेखि भोग्दै आएको धर्मले थोपरेको विभेद, शोषण र दमनको भारी कहिलेसम्म बोकिरहने ? नारकीय जीवन कहिलेसम्म बाँचिरहने ? सबै कुराको एउटा सीमा हुन्छ । जब धैर्यको बाँध टुट्छ, जब चेतनाको ढोका खुल्छ र मानव मर्यादाप्रतिको मोह बढ्छ, तब क्रान्ति हुन्छ, संघर्ष हुन्छ । अहिले दलितहरू यही चरणमा छन् । यसैले अब हिन्दु धर्म त्यागेर सांस्कृतिक क्रान्ति गर्ने दिशामा दलित समुदाय अग्रसर हुन आवश्यक छ ।

अम्बेडकरले आफ्नो जीवन हिन्दु धर्मशास्त्रको अध्ययन र विश्लेषणमा समर्पित गरे । जातव्यस्थाको जरो हिन्दु वर्ण व्यवस्था भएको पत्ता लगाए । हिन्दु धर्मभित्रको विभेद अन्त्यका लागि जीवनभर संघर्ष गरे । तर कट्टर हिन्दुवादी, विभेदकारी, रुढीवादीहरूसँग उनको केही जोर चलेन । हिन्दुवादीहरू सच्चिन तयार भएनन् । विभेद अन्त्य गर्न तयार भएनन् ।

यसपछि अम्बेडकरले निष्कर्ष निकाले कि हिन्दुधर्ममा बसेर दलित मुक्ति सम्भव छैन । र उनले हिन्दु धर्मलाई सधैंका लागि परित्याग गरी बुद्ध धर्म अँगाले । आजभन्दा करिब सय वर्षअगाडि अम्बेडकरले निकालेका निष्कर्षहरूबाट नेपालका दलितहरूले किन शिक्षा लिन सक्दैनन् ?

पशुपति कोटीहोममा ठूलै तामझामका साथ दलितलाई व्यासासन गराउनेहरू अहिले कहाँ छन् ? धर्ममा कुनै विभेद छैन भन्ने गैरदलितको भाषा बोल्दै स्वर्ग पुगेको अभिव्यक्ति दिने कृष्ण दमाईले यो घटनामा के भन्छन् ? हिन्दु धर्मलाई सुधार गर्न कस्सिएका मित्र परियार र कर्ण विश्वकर्माहरू के भन्छन् ? के धार्मिक समुदायमा दलितमाथि भएको यस्तो अत्याचार हेर्ने आँखा छ ? दलितलाई न्याय दिने चेतना छ ? कि दलितलाई जे गरे पनि हुन्छ भन्दै दमन गरिरहने प्रवृत्ति मात्र छ ? यदि विभेद र दमन गरिरहने हो भने दलितहरूलाई हिन्दु धर्ममा केहीले पनि रोक्न सक्दैन ।

हिन्दु धर्म मान्ने, धर्ममा आस्था राख्ने र धार्मिक गतिविधिमा संलग्न मानिस मन मस्तिष्कमा वर्ण र जात व्यवस्थाको विष बोकेर हिँडिरहेका हुन्छन् र मौका पाउन साथ धर्मकै आवरणमा गरिब, निमुखा, महिला र दलितमाथि डस्छन् । यसैले आम दलित समुदाय हिन्दुधर्मबाट टाढा हुनु नै मुक्तिको सबैभन्दा प्रभावकारी बाटो हुन सक्छ । हुन पनि नेपालको दलित आन्दोलनले धर्मलाई हेर्ने र विश्लेषण गर्ने स्पष्ट दृष्टिकोण तयार गर्न सकेको छैन ।दियौंदेखि हिन्दु धर्मले दलितमाथि विभेद गर्दै आएपछि दलित मुक्तिको विश्व दृष्टिकोणसहित धर्मलाई हेर्ने दृष्टिकोण तयार गर्न आवश्यक छ । दलितहरूले कुनै पनि धर्म नमान्ने बाटो अबलम्वन गर्नुपर्दछ । यदि धर्म नभई हुँदैन भने मानवतावादी, समानतावादी, न्यायपूर्ण, मानवअधिकारमैत्री नयाँ धर्म र संस्कृति निर्माण गर्ने दिशामा लाग्नुपर्छ ।

बाहिर नआए पनि वर्ण र जात व्यवस्थाबाट शिक्षित र दीक्षित ठूलो संख्याका जनप्रतिनिधि दलित समुदायप्रति चरम अनुदार छन् र कुनै न कुनै रुपमा विभेदलाई निरन्तरता दिने पक्षमा छन् । नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने, अनुगमन मूल्यांकन गर्ने र सारमा देश र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने ठेक्का लिएका जनप्रतिनिधि नै विभेदलाई प्रश्रय दिन्छन् भने कसरी विभेदरहित समाज बन्छ ? कसरी संविधान र कानुनको पालना हुन्छ ? यसैले अब हामीले निर्क्यौल गर्नुपर्ने भएको छ कि जुन पार्टी नेता वा जनप्रतिनिधिले विभेद गर्छन् उनीहरूलाई कडा कानुनी कारबाही गर्ने र सार्वजनिक रुपमा बहिष्कार गर्ने । साथै हिन्दु धर्म त्यागी वर्ण र जात व्यवस्थाको समूल अन्त्यका लागि संघर्ष गर्ने ।सभार:- कान्तिपुर

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]