सप्तरी - सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका १ मा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाएको छ।द फ्रिडम फण्डको सहयोग तथा जन चेतना दलित संगमको आयोजनामा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस भव्यताको साथ सम्पन्न भएको छ ।
मधेश प्रदेशमा दिन प्रतिदिन घटीरहेको दलित उत्पीडनको घटना , हरवा चरवा तथा दलित माथी हुने गरेको उठीबासको घटना लगायत सिरहाको औरही गा.पा. ५ नवटोलीमास्थित दिपक मरिक डोम बसोबास गर्दै आएको घर विष्णु महायज्ञ परिषर वाट चैत्र १० गतेका दिन घर हटाएर अलपत्र पारिएको घटना सम्बन्धमा सरकारलाई खबरदारी गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको थियो ।
जातीय भेदाभाव गर्ने माथी कानुनी कार्वाही गर , दलित माथी हुने गरेका सबै प्रकारका उत्पीड छुवाछुत बन्द गर , दलितको उठीबासको घटना तत्काल रोकथाम गर , दलित, हरवा चरवाले बस्दै आएको जग्गाको नाप नक्शा गरी जग्गाधनी पुर्जा वितरण गर , हरवा चरवाको पुर्नस्थापना गर लगायत विभिन्न मागहरु सहित सुरुगा नगरपालिका परिक्रममा कोण सभामा परिणत भएको थियो।
शुक्रबार जन चेतना दलित संगमका अध्यक्ष राम लखन रामको अध्यक्षता जिल्ला हरवा चरवा अधिकार मंच सप्तरीका अध्यक्ष देब लाल राम, मंचका नगर अध्यक्ष शोभित राम, सुनिता सदा, समाज कल्याण परिषदका प्रतिनिथी रिसी राम चौधरी , जन चेतना दलित संगमका निर्देशक ईन्द्र राम, हरवा चरवा महिला बचत समुहका सदस्यहरु गरी सयौ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा दलित सम्बन्धी ऐन कानुन, अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसबारे ईन्द्र रामले जानकारी गराउनु भयो । कार्यक्रम संचालन प्रेम विश्वकर्माले गर्नु भएको थियो ।

















