रामएकवाल राम

दोहा :- कतारमाआज वृहत् ईफ्तार कार्यक्रम हुने भएको छ। दोहामा स्थापित आठ वटा वैचारिक सङ्गठनहरुले संयुक्त आयोजनामा वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।

ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज ( पानस) कतार ,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज कतार, नेपाली जनप्रगतीशिल मोर्चा कतार र संघीय लिम्बुवान समाजिक मञ्च कतारले एक साथ वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।

आज दिउँसो ३ बजे देखि दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खालीको रेस्टुरेन्टको सभाहलमा वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको साथै दोहामा स्थापित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा उपस्थितको लागि आयोजक संस्थाहरुले आग्रह गरेको छ।