सिराहामा महायज्ञ गर्न दलित बस्तीमा डोजर चलाएको विरुद्धमा काठमाडौमा प्रदर्सन
काठमाडौं । दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ ।
शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलाठेल समेत भएको थियो ।
सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको हो ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्