रामएकवाल राम

दोहा - कुश्वाहा कल्याण समाज कतारले एक कार्यक्रमको आयोजना गरि स्व. वैद्यनाथ महतो प्रति श्रद्धाञ्जली अर्पण गरेका छ्न।

शुक्रबार कतारको सनैया स्थित लालिगुरासको सभाहलमा कुश्वाहा कल्याण समाजका सदस्य स्व. वैद्यनाथ महतोको १३ औ दिनको पुण्य तिथिमा समाजले शोक सभा सहित श्रद्धाञ्जली अर्पण  गरेको हो।संस्थाको सक्रिय सदस्य रहेका सर्लाहीको बरहथवा नगरपालिका - १६ गङ्गापुर घर भएका स्व. महतो बिदामा घर गएका बेला उनको मृत्यु भएको थियो।

समाजका अध्यक्ष कमलेश महतोको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शिवकुमार महतो, महासचिव मनोज कुमार महतो लगायतका पदाधिकारीहरुको उपस्थितिमा श्रद्धाञ्जली सभा सप्पन्न गरेको छ।

स्व.वैद्यनाथ महतोको परिवारलाई शनिबार कुश्वाहा कल्याण समाज कतारले आर्थिक सहयोग पनि गर्ने जनाएको छ।