शियाराम यादव ,माघ-२१सिरहा निर्वाचन क्षेत्र नम्बर–१ का स्वतन्त्र उम्मेदवार दुर्गा प्रसाद महतोले देशको राजनीतिक अस्थिरता र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको पीडालाई प्रमुख चुनावी एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका छन्।महतोका अनुसार नेपाल धर्म, राजतन्त्र, राणा शासन, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि स्थायी राजनीतिक स्थिरता हासिल गर्न असफल भएको छ। पटक–पटक भएका जनआन्दोलनले व्यवस्था परिवर्तन गरे पनि आमनागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उनको भनाइ छ।“सबैले देश बनाउँछु भन्ने सपना देखाए, तर जनता अझै गरिबी र वैदेशिक रोजगारीमा नि
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा चुनावका बेला झुठा आश्वासन बाँडेर चुनाव जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदबारलाई कडा प्रश्न गर्न आममतदातालाई आग्रह गरेका छन् ।सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित फकिरामा मंगलबार आयोजित चुनावी सभामा अध्यक्ष यादवले आमजनतालाई भने, ‘चुनावका बेला मीठा कुरा र झुठा आश्वासन बाँडेर चुनाव जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी प्रश्न सोध्नुहोला ।’गाउँमा अस्पताल, विद्यालय, रोजगारी, पक्की सकड, सिँचाई, मलखाद लगायतका समस्याहरु समाधान गर्ने आश्वासन दिएर पनि केही नगर्ने त्यस्ता
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा ‘घर फिर्ती अभियान’लाई जोड दिएको छ। जसपाले चार महिनाअघि अभियान सुरु गरेको थियो। प्रतिनिधि सभाको चुनाव नजिकिएसँगै अभियानमा जोड दिएको हो। यहि अभियानअन्तर्गत मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्तालाई जसपाले स्वागत गरेको छ। सप्तरी–३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। जसपा नेपाल विभाजन हुँदा उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। थ
पुरै पढ्नुहोस्
राजविराज । सप्तरीको राजविराज भन्सार कार्यालयअन्तर्गत रहेको प्रहरी बिटमा कार्यरत प्रहरी कर्मचारीले महिला व्यापारीसँग रकम लिएको दृश्य सार्वजनिक भएपछि नेपाल प्रहरीको आचरण, अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । आइतबार तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित प्रहरी बिटमा कार्यरत नेपाल प्रहरीका हबल्दार डी. यादवले महिला व्यापारीसँग पैसा लिँदै गरेको दृश्य फोटो तथा भिडियोमा कैद गर्न खोज्दा नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवलाई नियन्त्रणमा लिएका थिए । सार्वजनिक स्थानमा भइरहेको गतिविधि अभिलेख गर्न खोज्दा पत्रकारलाई नै नियन्त्रणमा ल
पुरै पढ्नुहोस्
सप्तरी १८, माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गरेका छन् । जसपा नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदबार समेत रहेका यादवले आइतबार चुनावी अभियानको क्रममा जसपा नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा अडिग रहेको स्पष्ट गरेका हुन। चुनाव प्रचारप्रसारमा निरन्तर खटिरहेएका अध्यक्ष यादव
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा,कतार- कतारलाई कर्म थलो बनाउँदै आएका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्यापटर तथा थारु कल्याणकारिणी सभा कतार च्यापटरको संरकक्षत्वमा स्थापित थारु बचत कोषको संयुक्त आयोजनामा थारु मित्र मिलन तथा आन्तरिक वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। शुक्रबार अल वक्रा स्थित समुन्द्री किनारमा समाजका सभापती भगवती प्रसाद चौधरीको सभापतित्व तथा संस्थाका संरक्षक सियाराम चौधरीको प्रमुख आतिथ्यता र समाजका सल्लाहकारहरु, कार्यसमिति तथा पदाधिकारी, सदस्यहरु सहित थारु समुदायको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम
पुरै पढ्नुहोस्
नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी सरगर्मी निकै बढेको छ। यस क्षेत्रबाट 'हेभीवेट' उम्मेदवारका रूपमा चर्चित उद्योगपति एवं राजनीतिज्ञ विनोद चौधरी आफ्नो विरासत जोगाउने र अधुरा काम पूरा गर्ने दाउमा पुनः चुनावी मैदानमा उत्रिनुभएको छ।अनुभवी नेतृत्व र विकासको पहलयसअघि प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा रहँदा चौधरीले जिल्लाको भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण पहल गरेको दाबी गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा अलपत्र परेका विकास निर्माणका आयोजनाहरूलाई सक्रिय बनाउन सरोकारवाला निकायसँग निरन्तर पैरवी गर्दै आउनुभएको थियो।प्र
पुरै पढ्नुहोस्
शियाराम यादव ,माघ-१७जनता समाजवादी पार्टी नेपालले सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार सत्यनारायण यादवलाई विजयी बनाउने लक्ष्यसहित संगठनात्मक संरचना थप मजबुत बनाएको छ। यसैक्रममा पार्टीले चुनावी अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन विभिन्न पाँच समिति गठन गरेको छ।पार्टीका अनुसार निर्वाचन परिचालन समिति बेचन प्रसाद यादवको संयोजकत्वमा ६५१ सदस्यीय गठन गरिएको छ। यो समितिले क्षेत्रभर चुनावी गतिविधि सञ्चालन, कार्यकर्ता परिचालन तथा मतदाता समन्वयको मुख्य जिम्मेवारी लिनेछ। साथै निर्वाचन परिचालन समिति सचिवालय ११ सदस्यीय गठन
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा , कतार । मध्यपुर्वको देश खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुको आर्थिक, पारिवारिक तथा सामाजिक अवस्थालाई मध्यनजर गर्दै आफ्नो जीवनशैली र आर्थिक व्यवहारप्रति गम्भीर रुपले सोच्न एनआरएनए कतारले आग्रह गरेको छ।परिषद कतारले बिहीबार प्रेस विज्ञयप्ती मार्फत खाडीमा कार्यरत नेपाली श्रमिकहरुको आर्थिक, पारिवारिक तथा सामाजिक अवस्थालाई नजिकबाट हेर्दा दीर्घकालीन बचतको अभाव, बढ्दो देखावटी खर्च र भविष्यको स्पष्ट योजना नहुँदा विभिन्न चुनौती तथा समस्याहरु देखिएकाले गम्भीर रुपले सोच्न एनआरएनए अध्यक्ष कृष्ण पन्थीले आग्रह गरेका हुन।अध्यक्ष पन्थ
पुरै पढ्नुहोस्
शियाराम यादव,माघ-१६जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. १ को पार्टी कार्यालय तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।सिरहास्थित हुलाकदेखि पूर्वतर्फ लाइफ लाइन अस्पतालको छेउमा रहेको उक्त कार्यालयको उद्घाटन पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा गरिएको हो। कार्यालय उद्घाटनसँगै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्य रहेको जनाइएको छ।कार्यक्रममा जसपा नेपालका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यालयमार्फत स्थानीय जनतासँ
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित