रामएकवाल राम
दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि ईस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ।
धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पवित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूको लागी इफतार कार्यक्रमको आयोजना गर्न लागेको परिषद कतारका अध्यक्ष मोहम्मद कलाम खानले जानकारी गराए।
अध्यक्ष खानका अनुसार कतारमा स्थापित मधेशका सम्पूर्ण जिल्ला संस्था, सप्तरी सेवा समाज कतार , सिरहा सेवा समाज कतार, धनुषा सेवा समाज कतार, महोत्तरी समाज सेवा कतार, सर्लाही प्रवासी सेवा समाज कतार, बारा आदर्श सेवा समाज कतार र मधेसी एकता समाज कतारको सहयोगमा आगामी २० फेब्रुअरी २०२६ शुक्रबारको दिन  गोर्खाली रेस्टुरेन्टको सभाहलमा स्थानीय समय अनुसार दिउँसो १:००बजे  देखि सुरु हुने बताएको छ।
उक्त कार्यक्रम सफलता पार्नको निम्ति सबैमा उपस्थितिको लागि आयोजक संस्था परिषद कतारका अध्यक्ष मोहम्मद कलाम खानले कतारमा श्रम गर्दै आईरहेका सम्पुर्ण मुस्लिम तथा गैर मुस्लिम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छ्न।