रामएकवाल राम
दोहा, कतार। रोजगारीको सिलसिलामा कतारमा रहनु हुने धानुक समुदायका साझा संस्था नेपाली धानुक सेवा समाज कतारको आयोजना आन्तरिक वनभोज कार्यक्रम सप्पन्न भएको छ।
शुक्रबार समाल स्थित मजरामा संस्थाका अध्यक्ष अवधेश कुमार मण्डलको सभापतित्व तथा समाजका संस्थापक संरक्षक सुरेश मण्डलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दोहामा स्थापित मधेशका विभिन्न संस्थाका अध्यक्ष एव प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कतारको राजधानी दोहा देखी लगभग  ७५ किलोमिटर भन्दा बढी रहेको रमणीय स्थल समाजल पब्लिक गार्डेनमा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्धेश्य नेपाली कला र साँस्कृतिको जर्गेना गर्दै कतारमा रहेका धानुकहरुवीच को सम्बन्ध मजबुद बनाउदै सामाजिक कार्यमा अग्रसर गराउनु थियो ।