रामएकवाल राम
दोहा , कतार । मध्यपुर्वको देश कतारमा यस वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’ को पहिलो दिन भोलि फेब्रवरी १८ तारिख बुधबार देखी सुरु हुने भएको छ।
कतारको ईस्लामिक मामिला मन्त्रालयमा अनुसार आज अर्ध चन्द्रमा देखिएका कारण भोलि बाट रमादान सुरु हुने बताएको छ।
रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो।यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।
इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् ।
सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोल्नुपर्छ ।
कतार मध्यपुर्व आर्थात खाडी राष्ट्रहरुले मान्ने ईस्लामिक कानुन ‘शरिया कानुन’ को पालाना गर्दछ । कानुनले बर्तको समयमा सार्वजनिक स्थानमा खाने, चपाउने, पिउने र धुम्रपान गर्नाले बर्तालु लाई गाह्रो पर्ने हुँदा यी कार्यहरु प्रतिबन्धित गरेको छ । खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ।




















