शियाराम यादव ,फाल्गुन-३

सिरहा–१ मा जनता समाजवादी पार्टी नेपाल छाडेर राजलाल यादव  राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरे पनि यसले जसपा नेपालको राजनीतिक हैसियत र जनाधारमा कुनै ठोस असर नपर्ने पार्टी स्रोतले जनाएको छ।

जसपा नेपालका स्थानीय नेताहरूका अनुसार चुनावी समयमा देखिने यस्ता गतिविधि अवसरवादको परिणाम मात्र हुन्, जसले दीर्घकालीन राजनीतिमा कुनै अर्थ नराख्ने बताएका छन्। पार्टी विचार, एजेन्डा र संघर्षबाट बनेको हुँदा केही व्यक्तिको बहिर्गमनले संगठन कमजोर नहुने उनीहरूको भनाइ छ।

बरु पछिल्लो समय रास्वपामा देखिँदै आएको वैचारिक अस्पष्टता र अस्थिर नेतृत्वका कारण स्वार्थअनुसार पार्टी बदल्ने प्रवृत्ति बढेको भन्दै यसले रास्वपाको राजनीतिक विश्वसनीयतामाथि नै प्रश्न उठाएको जसपा पक्षको टिप्पणी छ।

जसपा नेपालले सिरहा–१ मा संगठन थप मजबुत बनाउँदै जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारेको छ।