काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्तामाथि आक्रमणको प्रयास भएको छ।सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले आक्रमण गरेका हुन्।रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन्।
पुरै पढ्नुहोस्
काठमाडौँ– स्वघोषित सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ। गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो।तामाङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको थियो।अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।
पुरै पढ्नुहोस्
काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबार एक औंस सुनको मूल्य दुई हजार ६ सय ७५.१८ अमेरिकी डलर कायम भएको छ।स्थानीय बजारमा प्रतितोला सुनमा रु. चार सयले वृद्धि भएको छ। अघिल्लो दिन सोही परिमाणको पहेँलो धातु रु. एक लाख ५५ हजारमा खरिद–बिक्री भएको थियो। आज एक तोला सुनको मूल्य रु. एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु. १० ले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार ८३० निर्धारण भएको छ।
पुरै पढ्नुहोस्
सिरहा - पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलित बनेका छन् ।मिर्चैया बजारका स्थानीय र व्यापारीहरूले बिहान करिब १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग निर्माणमा ढिलासुस्ती गर्दा समस्या झेल्नुपरेकाले आन्दोलन गर्नुपरेको स्थानीय व्यापारी अशोक साहले बताए ।उनका अनुसार निर्माणमा ढिलाइ गरेको र अहिले सडक झन् बिग्रेको राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् ।सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर च
पुरै पढ्नुहोस्
शियारान यादव लहान नगरपालिका वडा नं. २३ निवासी श्याम कुमार महतो नेपाल प्रहरी सेवामा कार्यक्षमता र उत्कृष्ट योगदानको आधारमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन्।प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार, २०८१ साल पौष २९ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २५ जना प्रहरी उपरीक्षकलाई एसएसपी पदमा सिफारिस गरेको छ। महतोको यो सिफारिसले उहाँको समर्पण र कार्यकुशलतालाई उजागर गरेको छ।महतोले लामो समयदेखि नेपाल प्रहरीमा कार्यरत रहँदै सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, र शान्ति कायम गर्न महत्त्वपूर्ण यो
पुरै पढ्नुहोस्
उमेश कुमार साह बोदे बर्साईन ,सप्तरी : १ माघ :- सप्तरीको बोदे बर्साईनमा राजबिराज नगरपालिकाको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई बोदे बर्साईन नगरपालिका–५ हुलाकी सडक अन्तरगतको बिधुत प्राधिकरण जाने बाटोमा ठक्कर दिएको थियो।गम्भीर घाइते हुनेमा बोदे बर्साईन नगरपालिका– १ घनगडी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर
पुरै पढ्नुहोस्
भारतको उत्तर प्रदेशको प्रयागराजमा आजदेखि कुम्भमेला शुरू भएको छ । आजदेखि शुरू भएको कुम्भमेला आउँदो फागुन १४ गते महाशिवरात्रिको दिनसम्म चल्नेछ ।कुम्भमेलाका डीआईजी वैभव कृष्णाले प्रयागराजमा अहिलेसम्म ५० लाख जनाभन्दा धेरै मानिसले स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४५ दिनसम्म चल्ने मेलामा ४० करोड जना मानिस सहभागी हुने उत्तर प्रदेश सरकारको दाबी छ ।मेलाअन्तर्गत भोलि पहिलो ठूलो कुम्भ स्नान हुनेछ । यो कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो महाकुम्भलाई मानव जातिको ‘अमूर्त सम्पदा’ को रूपमा
पुरै पढ्नुहोस्
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी ब्यारेजमा प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।यसैगरी, जिल्लाको हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका–६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानमा आज कोशी स्नान र मेला भर्नेहरुको घुइँचो लागेको छ ।सप्तरीको १८ पालिकामध्ये कोशी क्षेत्रअन्तर्गत रहेका अधिकांश पालिकाले आज स्थानीय बिदा दिएका छन् । हनुमाननग
पुरै पढ्नुहोस्
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आ.ब. २०८०/०८१ को पार्टीको आयव्यय विवरण सहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइट, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ । आयोगको कानुन अनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए ।सार्वजनिक विवरण
पुरै पढ्नुहोस्
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि हुँदैछ।काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेको बयान मात्रै लिइएको थियो।उनी आइतबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसपछि बयानमै समय लम्बिएपछि थुनछेक बहस सोमबारका लागि सारेर लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको थियो। आज बिहान ११ बजेदेखि न्यायाधी माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषयमा पक्ष
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित