बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अस्ट्रेलियामा वाणिज्य दूतावासको उद्घाटन

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १५, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अस्ट्रेलियामा वाणिज्य दूतावासको उद्घाटन
Rampam
3D Education Lahan

सिड्नी - अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू)मा रहेको नेपाली वाणिज्य दूतावासको कार्यालयको उद्घाटन गरिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले कार्यालयको उद्घाटन गरेकी हुन् ।

त्यस क्रममा राजदूत यादवले आफू तन, मन र वचनले नेपाल र नेपालीको सेवामा लागिपर्ने बताइन् । उनले स्थानीय नेपाली समुदायसँगको सहकार्यमा अस्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि निरन्तर सक्रिय हुने बताइन् ।

“नेपाली समुदायसँगको सहकार्य, समन्वय र कूटनीतिक प्रयासले अस्ट्रेलियामा नेपाली पहिचानलाई थप बलियो बनाउने मेरो प्रयास हुनेछ,” उनले भनिन् ।

उद्घाटन समारोहमा वाणिज्यदूत सञ्जीव शर्माले नयाँ कार्यालयबाट एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूको सेवामा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए । शर्माले अस्ट्रेलियामा जन्मिएका नेपाली मूलका नयाँ पुस्तालाई मुलुकसँग जोड्ने आफ्नो प्रयास अगाडि बढेको पनि बताए । कार्यालयले नेपाली डायस्पोराका हकहितका लागि एक नयाँ आयाम थप्ने र समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने उनको विश्वास थियो ।

कार्यक्रममा पूर्वमहावाणिज्यदूत दीपक खड्काले यो पद आफैँमा महत्त्वपूर्ण भएको बताए । यसलाई अधिकारसम्पन्न बनाएर सहजरूपमा सेवा सुविधा विस्तारमा राज्यले पहलकदमी लिनुपर्ने उनले बताए ।कार्यक्रममा नेपाली कांग्रेसका नेता बलबहादुर केसी तथा विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउँदले नवनियुक्त राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिए ।

यस्तै, अस्ट्रेलियन नेपाली समुदायका अगुवा नारायण प्रधानले ५० वर्ष अघिको आफ्नो अनुभव साटेका थिए । कार्यक्रममा समुदायका अगुवा विष्णु हमाल, दोस्रो पुस्ताका सम्राट खड्का र आदित्य राउत तथा एनआरएनका अध्यक्ष अनील पोखरेलले शुभकामना दिए ।

यस्तै, एनआरएनका केन्द्रीय उपाध्यक्ष विनोद श्रेष्ठ, ओसेनिया संयोजक दिनेश पोखरेल, आईसीसी सदस्य डिल्ली ढकाल लगायतले कार्यालय पुग्दा नेपाल झल्किने भाव पाइएको बताए । कार्यक्रममा विभिन्न समुदायका नेता, व्यवसायी, पत्रकारका साथै सामाजिक अगुवाहरूको उपस्थिति थियो । 

नयाँ कार्यालय उद्घाटनसँगै वाणिज्य दूतावासले एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूका प्रशासनिक तथा दूतावासीय सेवाहरू थप प्रभावकारी र सहजरूपमा प्रवाह गर्ने विश्वास गरिएको छ ।

सिड्नीको सबैभन्दा व्यस्त मानिने टाउनहलमा खोलिएको कार्यालयभित्र नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने गरी कलात्मक ढंगले सजावट गरिएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]