सिराहा - सदगुरु कबिर अस्थान सबैला निजी आश्रम निवास मलेसियाले स्व. महात्मा विष्णु प्रसाद दासको परिवारलाई आर्थिक सहयोग सहित श्रद्धाञ्जली अपर्पण गरेको छ। 

गत माघ २ गते एक कार्यक्रम गरी सिराहाको अर्नामा गाउँपालिका-२ ब्रहमपुरी निवासी स्व.दासको घरमै पुगेर १३ औं दिन पुण्य तिथिको अवसरमामा  श्री सदगुरु कबिर स्थान जगह सबैला निजी आश्रम निवासको सबैलाकी माई साहेब मानो देवी दासीन महात्मा साहेब रामनारायण साह 

विभिन्न समाजसेवी बुद्धिजीवीको उपस्थितिमा नगद रु. २५०० हजार रुपैया हस्तान्तरण गरिएको बताएको छ।

सहयोग ग्रहण गर्दै स्व. दासकी श्रीमतीले लामो समय सम्म श्रीमानलाई उपचार गर्दा लाखौं रकम खर्चेको भन्दै यस संस्थाले दु:ख पर्दा गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

श्री सदगुरु कबिर अस्थान सबैला निजी आश्रम निवासले विभिन्न समाजिक, धार्मिक ,देश तथा बिदेशमा दुखमा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेका उतराधिकारी महात्मा शिवकुमार दासले जानकारी दिए।