जनकपुरधाम - मिटरब्याजपीडितहरूले जनकपुरधामबाट आर्थिक शोषणविरुद्ध जनजागरण अभियान थालेको छन् । मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूले सोमबार जनकपुरधाममा विरोध प्रर्दशन गरेका हुन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले विगतमा भएका सहमति पालना नभएका कारण आफूहरूले फेरि आन्दोलन सुरु गरेकाे बताए ।
उनले अब पालिकादेखि जिल्लाहुँदै काठमाडाैंसम्म विशाल प्रदर्शन गर्ने बताए । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका महासचिव मनोजकुमार पासवानले आर्थिक अन्यायविरुद्धको जनजागरण अभियानलाई देशव्यापी बनाउने बताए ।

















