बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अधिकृत श्रीवास्तव माथि कारवाही गर्न नयाँ नियुक्ती पाएकाहरुको माग

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १४, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अधिकृत श्रीवास्तव माथि कारवाही गर्न नयाँ नियुक्ती पाएकाहरुको माग
Rampam
3D Education Lahan

रंजित चौरसिया,

वीरगंज १४ माघ।

पर्साको पोखरिया नगरपालिकाका निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले गरेका भ्रष्टाचारजन्य कार्यहरुको पोल एकपछि अर्को खुल्दै गएको छ ।

अधिकृत श्रीवास्तव नगरपालिकामा निमित्तको कार्यभार सम्हाले देखि नै कर्मचारी नियुक्ती, कमिशन, बिलासिताका सामग्री खरिद लगायतमा करोडौं करोड भ्रष्टाचार गरी मालामाल भएको नगरवासीहरुले गुनासो गर्दै आएका छन् । हुन त भ्रष्ट अधिकृतले गरेका कैयौं भ्रष्टाचारजन्य कार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भए पनि अझ पनि थुप्रै भ्रष्टाचारका फाईलहरु माथि अनुसन्धान गर्न आवश्यक रहेको सचेत नगरवासीहरुको भनाई रहेको छ ।

अधिकृत श्रीवास्तव र लेखापाल मन्दिप महतोले कमिशन र विलासिताको लागि केही महिना पहिले स्यामसुङ्ग अलट्रा प्रोम्याक्स मोबाईल ५ थान खरिद गरेको स्रोतले जनाएको छ । जुन प्रति मोबाईलको मुल्य करिब १ लाख ८० हजार रहेको बताईन्छ ।

नगरपालिकामा दिन प्रतिदिन भ्रष्टाचार बढदै गए पनि महँगो मोबाईल खरिद गरी अधिकृत श्रीवास्तवले एउटा आफै, एउटा लेखापाल महतो, एउटा प्रशासन प्रमुख संजय पाण्डे र एउटा नगरप्रहरी ईन्चार्ज दिनेश चौहानलाई वितरण गरिएको र एउटा कसैलाई खुसी पार्न सुरक्षित राखिएको स्रोतले जनाएको छ ।

त्यसैगरी अधिकृत श्रीवास्तवले आफै र आफ्ना केही बिचौलियहरु मार्फत करिब दुई देखि तीन लाखसम्म घुसको रकम असुली दैनिक ज्यालादारीमा करिब ४ सय भन्दा बढीको नियुक्ती दिए पनि उनीहरुले हालसम्म तलब नपाउँदा आक्रोशित भएका छन् ।

बिना कुनै सूचना, बिना कुनै औचित्य रकम असुलीकै लागि सर्टिफिकेटको फोटो कपी र निवेदनको भरमा भ्रष्ट अधिकृत श्रीवास्तवले कर्मचारी भर्ना गरी नगरपालिकालाई तहसनहस र भ्रष्टाचारको आँखडा बनाएको बताईन्छ ।

रकम दिई जागिर पाएका व्यक्तिहरुले तलब नपाउँदा बिचौलिया र अधिकृत श्रीवास्तवलाई चौक÷चौक र पालिकामै पुगी तथानाम गाली गर्दै आफ्नो रकम फिर्ता मागिरहेको स्रोतले जनाएको छ । घुसको रकम फिर्ता गर्नु पर्ने डरले अधिकृत श्रीवास्तव र उनका बिचौलियाहरु मोबाईल स्विच अफ गरी सम्पर्कमा आउनै नचाहेको करारमा नियुक्ती पाएका एक कार्यालय सहयोगीले नाम नछाप्ते शर्तमा बताए ।

दैनिक ज्यालादारीमा बिचौलियाहरु मार्फत दर्जनौं कार्यालय सहयोगी, सुपरभाईजर, गार्ड, सामाजिक परिचालक, कम्प्यूटर अपरेटर, स्विपर, स्वयंसेवक शिक्षक, फायरमैन, जेसिबी ड्राईभर लगायतका पदहरुमा नियुक्ती भएको स्रोतको भनाई रहेको छ । 

रकमको बलमा नियुक्ती दिलाउने बिचौलियाहरु बसन्त आर्ट पोखरियाका सञ्चालक बलराम साह तेली, फायरबिकेट ईन्चार्ज नन्दकिशोर यादव उर्फ टाईसन, सहायक प्रशासन प्रमुख बिजय साह तेली, पञ्जिकरण शाखा प्रमुख सुनिल राम, अपाङ्ग तथा न्यायिक समिति शाखा प्रमुख ललन पटेल, वडा नं. ९ का सहायक वडा सचिव भगवान साह कानु, श्री नेपाल राष्ट्रिय आधारभुत कन्या मा.वि. सतवरीया पोखरियाका प्रधानाध्यापक रामबाबु चौहान, सुपरभाईजरमा नियुक्त भएका शैलेस गुप्ता, जगतपुर मननपुर निवासी सुमित साह गोढ, लमरिया निवासी रामचन्द्र साह तेली, कार्यपालिका सदस्य राधा साह कानु, श्रीसिया निवासी मदन चौहान, वडा नं. ५ का वडाध्यक्ष महेन्द्र महतो चाईको छोरा राजु भन्ने संतोष चौहान, जिन्सी फाँटमा काम गर्ने संदिप साह लगायत रहेको स्रोतले जनाएको छ । 

बिचौलियाहरु मध्ये प्रधानाध्यापक रामबाबु चौहानले आफ्नो छोरी,  ज्वाई, भाई लगायतकाहरुलाई आफ्ना परिवारकै सदस्यहरुलाई शिक्षकमा नियुक्ती गराई मावि सतवरीया पोखरियामा अध्यापन गराउदै आएको ती स्रोतको भनाई रहेको छ ।

यतिमात्र होईन, भ्रष्ट अधिकृत श्रीवास्तवले निर्माण व्यवसायी, सप्लायर्स, एनजिओ लगायत सँग करोडौं रुपैया अग्रिम कमिशन लिएर कार्यदेश दिएकोमा अब भुक्तानी नहुने भनि चिन्ताले डिप्रेशनको शिकार हुन पुगेको एक ठेक्केदारले बताए । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको निमित्तको जिम्मेवारी खोस्दै आर्थिक र प्रशासनिक कामकाज नगर्न भने पछि अधिकृत श्रीवास्तव कार्यालयमा आए पनि मुख न्याउरो गरी बस्ने गरेको कर्मचारीहरु नै बताउंदछन् । सो नगरपालिकामा हेन्थ ईन्सपेक्सन ७ औं तहको दरबन्दी नभएतापनि भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले बिना औचित्य सयकडौं सँग करोडौं असुली नियुक्ती दिएकोमा यस सन्दर्भमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन नियमनकारी निकाय सँग नयाँ नियुक्ती पाएका कर्मचारीहरुकै माग रहेको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]