महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरका मेयर बालेन शाहको पुख्र्यौली थलोमा भव्य स्वागत गरिएको छ ।जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा महोत्तरीको एकडारा गाउँपालिका पुगेका प्रचण्डलाई त्यहाँका अध्यक्ष लगायतका जनप्रतिनिधिले स्वागत गरेका हुन् ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका बालेनको पुख्र्यौली गाउँ हो । गाउँपालिकाका हालको २ नम्बर वडामा उनी जन्मिएका थिए ।कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको छ।ज
पुरै पढ्नुहोस्
वालिङ । जबरजस्ती करणीको आरोपमा नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको हो ।पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
पुरै पढ्नुहोस्
भैरहवा । नवलपरासी जिल्ला अदालतबाट नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् ।मंगलबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुईजनालाई लागुऔषधमा कसूर ठहर गरेको हो । कसूर ठहर हुनेमा रघुनाथप्रसाद धोबी छन् । धोबी गाउँपालिकाका नगर प्रहरी हुन् । गुप्ता नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन्।अध्यक्षसहित धोबीलाई कसूर ठहर गरे पनि सजाय निर्धारणका लागि भने फागुन २९ गते पेसी तोकिएको अदालतका सूचना अधिकारी भेषराज खनालले बताए । २६ असोज ०७९ मा दायर भएको मुद्दाको फैसला मंगलब
पुरै पढ्नुहोस्
काठमाडौँ - काठमाडौंबाट १ सय ४९ यात्रु बोकेर दुबईका लागि बुधबार राति उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको छ ।यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज हो ।यसको बुधबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा यो विमान सवा ११ बजे राति अवतरण भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु थपेर यस्ले दुबई उड्नुपर्ने तालिका थियो ।तर, जहाजमा इन्
पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ ।सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो ।आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०
पुरै पढ्नुहोस्
महोत्तरी। १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवज पुग्ने भएको छ । बुधवार ध्रुवकुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा यात्री कञ्चनवनका लागि प्रस्थान गरेका छन् ।त्रेतायुगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए। त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ खेलेका थिए।त्यही दिनको सम्झनामा कञ्चनवनमा ‘होली उत्सव’ पनि मनाउने गरिन्छ । आज परिक्रमा यात्रुहरू कञ्चनवन पुगेर स्थानीय र साधुसन्तसँग होली खेल्छन् । मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता छ ।धनुषाको कचुरीबाट शुरु भ
पुरै पढ्नुहोस्
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले राजमार्ग केन्द्रित ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । ३ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वैशाखपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको हो ।जसपा नेपालले अहिले जिल्ला, पालिका र गाउँमा ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ सञ्चालन गरिरहेको छ । सो सकिएपछि जागरण अभियान चलाउने प्रवक्ता मनिष सुमनले बताए ।अभियानको समय तालिका पछि तय गरिनेछ । प्रवक्ता सुमने संगठन निर्माण केन्द्रित अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारी ग
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा घटनाका मुख्य आरोपी रुपेश मण्डलमाथि दुई दिनको म्याद थप भएको छ । सिरहा जिल्ला अदालतबाट प्रहरीले उनीमाथि दुई दिनको म्याद थप गराएको हो ।अदालतबाट म्याद थप भएपछि उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । रुपेश आजै पक्राउ परेका थिए । प्रहरीको विशेष टोलीले बिहान साढे ११ बजेको समयमा सिरहा नगरपालिका १७ स्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो ।गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानी
पुरै पढ्नुहोस्
ललितपुर– सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन हाम्रो पहिचान, सम्पदा र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको प्राकृतिक स्रोत भएकोले यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरूबीच समन्वयको आवश्यकता रहेको बताउनु भएको छ । उहाँले ललितपुरमा मंगलबार आयोजित नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वन सम्बन्धी नीतिगत सुधार, नवीन प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चित गर्न सबैको साझा प्रयास
पुरै पढ्नुहोस्
सितल साहसिरहा - जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख र केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।बैठकमा विभिन्न महत्वपूर्ण मुद्दाहरूमा गहन छलफल गरिएको थियो। विशेषगरी भूमि सम्बन्धी अध्यादेश, विभागमा नयाँ सदस्य थप्ने र वन, वातावरण तथा विपद् व्यवस्थापन नीतिको सम्बन्धमा छलफल गरी निर्णय पारित गरिएको छ। यस अवसरमा सहभागी नेताहरूले नेपालको पर्यावरणीय संकट
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित