काठमाडौँ ।पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादवलाई सिके राउतले कार्वाही गरेको छ।
जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पार्टी अध्यक्ष डा. सीके राउतसङ्ग पाँच करोडको हिसाब माग्दा आफूलाई निलम्बन गरेको दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै उनलाई पार्टीबाट निलम्बन गरेका हुन् ।
कार्वाहीबारे कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले भने यो केही होइन, डाक्टर साहब (सिके राउत)ले व्यक्तिगत रिसिइबी मसँग साध्नु भएको हो ।स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी उनले गरेका हुन् । स्पष्टीकरण प्राप्त भएको र त्यसलाई अध्ययन गरेर समयमा जवाफ दिने उनले बताए ।
विगत १६ वर्षदेखि संगठनमा लागेको र पार्टीलाई यहाँसम्म ल्याइ पुर्याएको दाबी गर्दै उनले अध्यक्ष राउतले लगाएका सम्पूर्ण आरोप भ्रमपूर्ण र तथ्यहीन रहेको बताए । यदि त्यस्तो थिएन भने आइतबारदेखि बस्ने बैठकसम्म किन कुर्नुभएन । मलाई बैठकमै स्पष्टीकरण लिँदा हुन्थ्यो, म त्यहीँ सबै कुराको जवाफ दिन्थे तर बैठकबाट वञ्चित गर्नका लागि कारबाही गर्नुभएको हो उनले भने, तैपनि मैले यसको जवाफ चाँडै दिन्छु ।





















