बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

यस वर्षको माध्यमिक (एसइई) परीक्षामा पाँच लाख २२ हजार विद्यार्थी सहभागी हुँदै

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन २६, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
यस वर्षको माध्यमिक (एसइई) परीक्षामा पाँच लाख २२ हजार विद्यार्थी सहभागी हुँदै
Rampam
3D Education Lahan

आगामी चैत ७ गतेदेखि सुरु हुने २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित र आंशिक गरी ५ लाख २२ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्। यो परीक्षामा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन्। राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा लिन्छ। परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। परीक्षाका लागि प्रश्नपत्र छाप्ने काम सकिएको छ।

प्रश्नपत्र छपाइ सम्पन्न गरी आइतबार जनक शिक्षा सामग्री केन्द्रबाट बाहिरिएका एसइईका नियन्त्रक नन्दलाल पौडेलले परीक्षाका लागि देशभरि दुई हजार ७९ केन्द्र कायम गरिएको बताए। उनले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेश र जिल्ला परीक्षा समन्वय समितिलाई अधिकार प्रत्यायोजन गरिएको जानकारी दिए।

‘संघीयता अनुसार नयाँ शिक्षा ऐन आइनसकेका काण पुरानो ऐनअनुसार यसपटक पनि एसइई सञ्चालनको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई नै छ। यसैकारण बोर्डले प्रश्नपत्र छापेको हो र यो काम सम्पन्न भएको छ,’ नियन्त्रक पौडेलले  भने, जिल्ला परीक्षा समन्वय समिति र प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिलाई परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन र कारबाहीसमेतको अधिकार प्रत्यायोजन गरिएको छ। प्रदेशमा परीक्षा व्यवस्थित गर्न सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ।’ उनका अनुसार प्रदेश समितिले उत्तरपुस्तिका छपाइ, वितरण तथा व्यवस्थापनको काम गर्छ। परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोक्ने काम पनि प्रदेश समितिले गर्ने उनले बताए।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार विद्यार्थीको शिक्षण सिकाइलाई वास्तविक रूपमा मूल्यांकन गर्नेगरी यसपटक प्रश्नपत्र तयार पारिएको छ। पाठयक्रमले निर्धारण गरेको विशिष्टीकरण तालिकाअनुसार एसइईको प्रश्नपत्र तयार गरिएको छ,’ शर्माले  भने प्रश्नपत्र विद्यार्थीको स्तरअनुसारको सिकाइ उपलब्धि मूल्यांकन गर्नेगरी तयार पारिएको छ।

शर्माका अनुसार गत वर्षसम्म एसइईको उत्तरपुस्तिका केन्द्रमा परीक्षण हुने गरेकोमा यस वर्षदेखि बोर्डको नियमावलीअनुसार केन्द्रको सहकार्यमा प्रदेशले नै उत्तरपुस्तिका परीक्षणको व्यवस्थापन गर्नेछ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]