बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहामा २ लाख भारु खर्च गरेर वडाध्यक्षकै मिलेमतोमा भारतीयले लिए नेपाली नागरिक्ता

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन २७, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहामा २ लाख भारु खर्च गरेर वडाध्यक्षकै मिलेमतोमा भारतीयले लिए नेपाली नागरिक्ता
Rampam
3D Education Lahan

लहान- सिरहाको नरहा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एक भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलासा भएको छ।

भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका नागरिक मोसताक मियाँलाई नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा नागरिकता दिएको खुलासा भएको हो।

उनले १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका छन्। वडाध्यक्ष रुषतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाले २६ असार ०८० मा मोसताकको नाममा नागरिक्ता जारी गरेको छ।

नागरिक्ता अनुसार मोसताकका बुबाआमा नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुन हुन। उनीहरुलाई नागरिक्तामा सनाखत गराईएको छ। तर, उनीहरु स्वयमले भने मोसताक आफ्नो छोरा नभएको र नचिनेको बताएका छन्। आफुहरुलाई वडामा झुक्याएर हस्ताक्षर गराइएको उनीहरुको दाबी छ।

वडा सचिव रामदेव मण्डलले भूलचुकमा सिफारिस हुन गएको बताए। अध्यक्षले लगाएको तोक आदेशका आधारमा आफुले सिफारिस दिएको उनको दाबी छ। वडाध्यक्ष अन्सारीले मोसताक अमानत र रजिनाका छोरा नभए पनि आफन्त भएको बताएका छन्।

मोसताकलाई नागरिक्ता दिलाए वापत वडाध्यक्षले १ लाख, सनाखत बस्ने अमानत र रजिनाले पचास÷पचास हजार भारतीय रुपैयाँ लिएको खुलेको छ।

त्यसपछि १ साउन ०८० मा स्थानीय उलफत मियाँले आर्थिक प्रलोभनमा नागरिकता दिइएको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए भने इनुस मियाँले ४ साउन ०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।

सिरहाका सीडीओ बासुदेव दाहालले उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता झिकाइसकेको र यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]