काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ।आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
पुरै पढ्नुहोस्
काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
पुरै पढ्नुहोस्
काठमाडौं । तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ।प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको छ।
पुरै पढ्नुहोस्
बैंकक । थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूअनुसार यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो र यसको केन्द्र छिमेकी म्यानमामा रहेको बताएका छन् ।ग्रेटर बैंकक क्षेत्रमा १७ लाखभन्दा बढी मानिस बस्छन् र तीमध्ये धेरैजसो उच्च भवनहरूमा बस्छन् ।दिउँसो १ः३० (स्थानीय समय) बजे भूकम्प आउँदा भवनहरूमा अलार्महरू बज्न थाले र चकित बासिन्दाहरूलाई सघन केन्द्रीय बैंककका उच्च भवन र होटलहरूबाट सिँढीमार्फत खाली गराइएको थियो ।भूकम्पपछिको क
पुरै पढ्नुहोस्
काठमाडौं । राजावादी प्रदर्शनकारीहरु तिनकुनेतर्फबाट बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको हो ।काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन पनि आजै भृकुटीमण्डपमा भएकाले राजावादीलाई तीनकुनेको स्थान तोकेको थियो । तर, उनीहरु बानेश्वरतर्फ अघि बढेपछि तनावको स्थिति पैदा भएको हो ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन हुँदैछ । उनलाई नवराज सुवेदी नेतृत्वको ‘
पुरै पढ्नुहोस्
काठमाडौं। प्रमुख प्रतिपक्षी दल (नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनप्रदर्शनमा सहभागी हुन विभिन्न ठाउँबाट र्यालीहरु अगाडि बढिरहेको छ । समाजवादी मोर्चाको लागि काठमाडौंको भृकुटीमण्डमा प्रदर्शनस्थल तोकिएको छ ।उनीहरुले ‘गणतन्त्रविरोधी होसियार, शिक्षकहरुको माग पूरा गर, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्टाचारीको संरक्षक सरकार मुर्दावाद, केपी तेरो पाराले, दुःख पायो साह्राले, कुलमान घिसिङको बर्खास्ती निर्णय फिर्ता गर’ लगायतका नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा , कतार :- गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एव संघका पूर्वअध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताएको छ।विहिबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा संयोजक घलेले कसैले साथ दिए पनि न दिए पनि तोकिएकै मिति मे ३ देखि ५ सम्म संघको महाधिवेशन गराएर छाडछु बताउनु भयो।आफूले विश्वका विभिन्न देशहरूको भ्रमण गरेर छलफल र अन्तरक्रिया गरेको उल्लेख गर्दै सबैको सुझावबाट आफू उत्साहित भएको बताए।हामीले एनसीसीहरुलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गरेका
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी मुद्दाको ६ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकार वकिललाई बुझाएको हो ।अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोगपत्रका रुपमा दायर गरिने उनले बताए ।औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्य
पुरै पढ्नुहोस्
काठमाडौं । चार दलीय समाजवादी मोर्चा र राजावादीले आज काठमाडौँमा छुट्टा छुट्टै प्रदर्शन गर्दैछन्।माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाले सरकारका गलत क्रियाकलापको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। राजावादीहरुले भने वर्तमान व्यवस्थाकै विरुद्धमा प्रदर्शन गर्न लागेका हुन्। गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ। ठाउँठाउँमा शुक्रबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहर
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भोलि (शुक्रबार) हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी नहुन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग बिहीबार छलफल भएको आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले जानकारी दिए ।छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरेर
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित