दोहा : कास्की आदर्श समाज कतारले नेपाली नयाँ वर्ष २०८२ एवं ईद अल फितरको शुभकामना आदानप्रदान तथा आन्तरिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
यहि मिति २०२५ मार्च ३० तरिकका दिन समाल बृज ६६को लेफ्ट साइडमा रहेको मजरामा संस्थाका अध्यक्ष अग्निधर देबकोटाको सभापतित्वमा, संस्थाका संस्थापक सह-सचिव श्री हंशराज ढकाल क्षत्रीको प्रमुख आतिथ्यतामा, संरक्षक संयोजक बिमल सुवेदि, संरक्षक आश बहादुर गुरुङ, मन प्रसाद रानामगर,राम प्रसाद गौतम, रेशम बस्नेत, प्रमुख सल्लाहकार सुरज रानाभाट एवम (स- परिवार) सल्लाहकार प्रकाश बिश्वकर्मा, मानार्थ सदस्य महेश तामाङ, पुर्ब सल्लाहकार प्रभात त्रिपाटि, गण्डकी प्रदेश समन्वय परिषद् कतार का कार्यवाहक अध्यक्ष कल्याण थापा सहित सहितको उपस्थिति थियो ।
त्यसैगरि गण्डकी प्रदेश मातहतका जिल्ला अध्यक्ष, समाजसेबि ब्याक्तित्वहरु आजीवन/ तथा साधरण सदस्य, खेलाडी, कलाकार, तथा कतारमा रहेका सम्पूर्ण कस्केली तथा गैर कस्केली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थितिमा विविध साँस्कृतिक कार्यक्रम, डोरी तान्ने खेल, कबिता बाचन तथा बनभोज कार्यक्रम अत्यन्तै रमाइलोसँग सम्पन्न गरिएको थियो ।
डोरी तान्ने खेलमा समाबेश ४ टिम मध्य प्रथम हुने टिम पोखरा महानगरपलिका र दोश्रो हुने टिम अन्नपूर्ण गाउपालिकाको टिम लाई नगद सहित बधाई व्यक्त सम्मान गरियको थियो ।
सस्थाका संरक्षक श्री रेशम बस्नेत मानर्थ सदस्य महेस तमाङ लगायतले साँस्कृतिक कार्यक्रम लाई संगीतमय बनाउनु भयको थियो । सस्थाका संरक्षक संयोजक बिमल सुवेदी र रेशम बस्नेतले कबिता बाचन गरेर उपस्थित सबैलाइ आकर्षशीत पार्नुभयको थियो।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाका प्रथम उपाध्यक्ष अमृत बिश्वकर्माले राख्नुभयको थियो कार्यक्रमको अन्तमा प्रमुख अतिथि सस्थाका सस्थापक सह सचिब श्री हंसराज ढकाल क्षेत्रीले सस्थाको बारेमा सस्था स्थापना काल देखि अहिले सम्म आइपुग्दाका संघर्षका बारेमा आफ्ना भनाइ राख्नुभयको थियो ।
कार्यक्रमका सभापतिले कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्णलाई र कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने आर्थिक नैतिक र भौतिक सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद सहित आभार व्यक्त गर्दै औपचारिक रूपमा कार्यक्रम समापनगर्नुभयको थियो कार्यक्रम सस्थाका सचिब श्री केदार भण्डारी सहजीकरण गर्नुभयको थियो।

















