बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

विदेश जाँदा पति–पत्नि : स्वेदशमा के हो मन्त्री भण्डारी र निर्जलाको सम्वन्ध… ?

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २०, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
विदेश जाँदा पति–पत्नि : स्वेदशमा के हो मन्त्री भण्डारी र निर्जलाको सम्वन्ध… ?
Rampam
3D Education Lahan
काठमाडौँ– लामो समयदेखि ‘लिभिङ टुगेदर’ मा रहँदै आएका ओली सरकारका एक मन्त्रीले घरमा बिमार श्रीमती रश्मी हुँदाहुँदै प्रेमिकासँगको सम्बन्धलाई वैध बनाएका छन्। पूर्वसांसदसमेत रहेकी निर्जला राउतलाई श्रममन्त्री शरदसिंह भण्डारीले विधिवत् पत्नीको दर्जा दिएर मन्त्रालयकै लेटरहेडमा सिफारिस गरेको भेटिएपछि खोजी–नीति गर्दै जाँदा प्रमाण भेटिएको हो ।
मन्त्रीको कान्छी पत्नी बनेकी निर्जला डिभोर्सी हुन्। भारतीय मूलका अमेरिकी नागरिक कृष्णनसँग केही वर्षअघि नै सम्बन्धविच्छेद गरेर नेपाल फर्किएकी उनीसँगै भण्डारी लामो समयदेखि लिभिङ टुगेदरको सम्बन्धमा भैंसेपाटीमा रहँदै आएका थिए। उनीहरूले केही अघि मात्र महोत्तरीको एउटा स्थानीय तहबाट विवाह दर्ता गरेको बुझिएको छ।
निर्जलाको पूर्व पतिबाट दुई छोरी छन्, उनीहरूले थर पनि राउत नभई कृष्णन् नै लेख्छन्। ती अमेरिकामै छन्, दुवै छोरीले स्नातकोत्तर तहको अध्ययन सिध्याइसकेका छन्। निर्जला मधेस आन्दोलन ०६३ देखि नेपालमै बस्न थालेकी हुन्।नागरिकताअनुसार सिरहा जिल्ला, बस्तीपुर– २ पक्कीटोलकी बासिन्दा हुन् र अस्थायी रूपमा ललितपुरको भैंसेपाटीमा बस्दै आएकी छन्। जुन दिनदेखि निर्जला भित्रिइन्, त्यहीँबाट कांग्रेसको राजनीति त्यागेर शरद्सिंह निरन्तर मधेसकेन्द्रित राजनीतिमा सक्रिय छन्।
पञ्चायतदेखि गणतन्त्र कालसम्म दल फेरेर मन्त्री बन्दै आएका उनले ०४६ पछि बल्ल कांग्रेसको राजनीति थालेका हुन्।भण्डारीले यसबीच गर्लफ्रेण्ड निर्जलालाई दुई पटक सांसद बनाइसके। ०६४ मा उपेन्द्र यादवले रेणु यादवलाई उकास्दा निर्जला सांसद बन्न सकेकी थिइनन् तर ०७० को दोस्रो संविधानसभा हुँदै ०७४ को प्रतिनिधिसभामा समानुपातिक सांसद नै भेट्टाइन्।निर्जलाले पूर्व पतिसँग डिभोर्स गरेर शरदसिंहसँग वैवाहिक नाता जोडे पनि शरद्ले भने पहिलो पत्नीसँग सम्बन्ध तोडेका छैनन्। पत्नी रश्मी हात्तीपाइले रोगबाट दुई दशकदेखि लडिरहेकी छन्। स्याहार सुसार चाहिने बेला भण्डारी पत्नीको ख्याल नगरी कान्छीसँग रमाइरहेकै थिए। अहिले उनैलाई कान्छी बनाएका हुन्।
समाचार स्रोतका अनुसार, महोत्तरीको औरही नगरपालिकाका मेयर नातामा निर्जलाकी बहिनी–ज्वाइँ हुन्। त्यही सम्बन्धलाई प्रयोग गरेर सोही नगरपालिकाको वडाबाट निर्जला र शरदसिंहले विवाह दर्ताको प्रमाणपत्र बनाएको बुझिएको छ। जेठी पत्नीबाट शरदसिंहका तीन छोरी छन्, जेठी रास्वपा सांसद विराजभक्त श्रेष्ठलाई दिइएको छ भने माइली अष्ट्रेलिया बस्छिन् । कान्छीले केही महिनाअगाडि मात्र विवाह गरेकी हुन्।
१९ औं पटक मन्त्री बनेर रेकर्ड राखेका भण्डारी र निर्जलाको संयुक्त लगानीमा बर्दिबासमा होटल र हस्पिटल व्यवसायदेखि जलविद्युत् परियोजनासम्म रहेको छ। पछिल्लो समय छायाँ मन्त्रीको रूपमा उनै निर्जलाको दवदवा रहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ। हालै मात्र विभिन्न मुलुकमा श्रम सहचारी र श्रम काउन्सिलर नियुक्ति गर्दा निर्जला हावी भएको भन्दै असन्तुष्टि व्याप्त छ।
पहिलो पत्नीसँग डिभोर्स नगरी कान्छी भिœयाएका शरदसिंहलाई जो कसैले जिल्ला प्रशासन, सरकारी वकिल तथा अदालतमा मुद्दा चलाएको खण्डमा लाग्ने कानुनका जानकारहरूले प्रतिक्रिया दिएका छन्।
यो सामग्री जनआस्थाबाट साभार गरिएको हो।
Screenshot_20250401_215355_Facebook
Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]