बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मोबाइल बैंकिङ मार्फत ५ सय रुपैयाँ सम्मको रकम ट्रान्सफरमा अब शुल्क नलाग्ने

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २०, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मोबाइल बैंकिङ मार्फत ५ सय रुपैयाँ सम्मको रकम ट्रान्सफरमा अब  शुल्क नलाग्ने
Rampam
3D Education Lahan

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै मोबाइल बैंकिङ, कनेक्ट आईपीएस तथा वालेटमार्फत ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर निःशुल्क गर्ने व्यवस्था लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट वा वालेटमा रकम राख्दा वा झिक्दा ५०० रुपैयाँसम्म कुनै शुल्क लाग्ने छैन । ५०० रुपैयाँदेखि ५००० रुपैयाँसम्मको ट्रान्सफर गर्दा ४ रुपैयाँ, ५००० रुपैयाँभन्दा माथि ८ रुपैयाँ शुल्क लाग्नेछ ।

मर्चेन्ट भुक्तानीको हकमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५००० रुपैयाँसम्म ४ रुपैयाँ, र ५००० भन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ । तर, सेवाप्रदायक तथा मर्चेन्टले शुल्क ब्यहोरेको कारोबारमा ग्राहकलाई कुनै शुल्क लाग्ने छैन ।

यो शुल्कमा सरकारलाई तिर्नुपर्ने १३ प्रतिशत भ्याट समेत समावेश हुनेछ । चैत्र १९ गतेदेखि कनेक्ट आईपीएसमा यो व्यवस्था लागू भइसकेको छ ।बैंक वित्तीय संस्था तथा वालेटहरूले आफ्ना प्रणालीहरूमा आवश्यक मिलान गरेपछि मोबाइल बैंकिङ र वालेटमा पनि क्रमशः लागू हुनेछ।हाल ५२ बैंक वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एपमा आरपीएस कनेक्ट आईपीएस फण्ड ट्रान्सफर सेवा उपलब्ध छ ।

साथै, १३ भन्दा बढी वालेटहरूमा बैंक खाताबाट क्यास इन/आउटको सुविधा प्रयोग गर्न सकिन्छ

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]