काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएको उनको सचिवालयले जानकारी दिएको छ। शिक्षक आन्दोलन चर्किरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएकी हुन्।शिक्षकका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी आजै आन्दोलनबाट फर्कन शिक्षकहरूलाई आह्वान गर्ने तयारी थियो।
पुरै पढ्नुहोस्
महेश सिंह लहान - संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रथम जिल्ला अधिवेशन आइतवार सिरहामा सुरु भएको छ।सिरहा जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। उनले मधेसको पहिचान, अधिकार र आत्मनिर्णयको अधिकारको पक्षमा पार्टीले खेलेको भूमिकालाई स्मरण गर्दै, “जसपाले मधेसलाई राजनीतिक रुपमा संगठित र सशक्त बनाउने काम गरेको छ,” भने।कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नयाँ नेतृत्वको चयन सक्षम र उत्तरदायी
पुरै पढ्नुहोस्
सिरहा, ८ वैशाख - सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि उनी हाजिर भएका हुन् ।यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । जसले गर्दा कार्यालयको दैनिक कामकाज प्रभावित भएको थियो ।नयाँ प्रमुख प्रशासकीय अधिकृत राइनलाई
पुरै पढ्नुहोस्
लहान - सिराहाको नवराजपुर गाउँपालिका - २ का पुर्व वडा अध्यक्ष खुशिलाल साह पक्राउ परेको छ।सोमवार बिहान साहलाई उनकै निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यलय महेशपुर पतारीका अनुसार साहमाथि कृते जालसाजीको पुरानो मुद्दा रहेको र त्यससम्बन्धी अनुसन्धानको क्रममा विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टमा जालसाजी पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।प्रहरी स्रोतका अनुसार साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परेपछि अनुसन्धान थालिएको थियो। अनुसंधानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहमाथि लागेका
पुरै पढ्नुहोस्
सप्तरी - हरवाचरवा सवाल सम्बोधनका लागी नगर स्तरिय हरवा चरवा अधिकार मंचद्धारा सप्तरीको सुरुङ्गा नगरपालिकाका नगर उप प्रमख रुद्र बहादुर कार्की लाई आइतबार ज्ञापन पत्र बुझाएको छ ।स्थानिय तहबाट आगामी आर्थिक बर्षको बजेटमा हरवा चरवा लगत संकलन, हरवाचरवाका लागी शिप विकास, कृषि,पशुपालन र जिबिकोपार्जन सहयोगका लागी बजेट बिनियोजन गरियोस ,हरवाचरवाको पुनस्र्थापनाको लागि बिस्तृत कार्ययोजना र कार्यविधि स्थानिय निकाय बाट अविलम्व पारित गरी हरवाचरवालाई जमिन् र सुरक्षित बासस्थानको ब्यवस्था गरीयोस भनी ज्ञापन पत्र बुझाएको हो।बाटो बिस्तारको नाममा, विकासको नाममा र
पुरै पढ्नुहोस्
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।नेपाल शिक्षक महासंघको नेतृत्वमा २०औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन् । उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा
पुरै पढ्नुहोस्
काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ।सोमबार बिहान फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको हो । घटनामा चालक दुर्गा भट्टराईसहित चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको बताइएको छ ।घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
पुरै पढ्नुहोस्
काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । यादवलाई आइतबार दिउँसा ४ बजेतिर राजविराजबाट पक्राउ गरिएको हो ।उनलाई पक्राउ गर्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट सप्तरी प्रहरीलाई केहीदिनअघि पत्राचार गरिएको थियो । ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता छ । ललितपुर जिल्ला अदालतबाट केहीदिन अघि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।ललितपुर प्रहरीको पत्राचारको आधारमा यादवलाई राजविराजबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानक
पुरै पढ्नुहोस्
सप्तरी - जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। ठगी तथा आपराधिक विश्वासघात मुद्दामा उनलाई आइतबार पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला प्रहरी कार्यालय ललितपुरबाट सप्तरी प्रहरीलाई आएको पक्राउ पुर्जीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको एसपी खतिवडाले बताए।पार्टीमा आर्थिक अनियमितता र ठगी गरेको तथा पार्टीविरुद्ध षड्यन्त्र गरेको भन्दै जनमत पार्टीले पछिल्लो समय उनलाई निलम्बन गरेको छ।
पुरै पढ्नुहोस्
काठमाडौं - शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ। राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा तीन सातादेखि दिनहुँ माइतीघरमा प्रदर्शन गरिरहेका शिक्षकले पनि परीक्षामा सहभागी नहुने तयारी गरेका छन्। निर्णायक आन्दोलनमा रहेको दाबी गर्ने महासंघले पनि शिक्षा ऐन जारी हुने विश्वसनीय आधा
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित