बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ९, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु
Rampam
3D Education Lahan

कृष्णनगर, कपिलवस्तु - आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस पवित्र अवसरमा छात्राहरूकालागि हिफ्जुल कुरआन कोर्सको औपचारिक शुभारम्भको घोषणा गरियो। कार्यक्रममा देशका प्रमुख इस्लामी विद्वानहरूको उपस्थिति रही र उहाँहरूको प्रेरणादायी मन्तव्यले वातावरणलाई ईमान र यकीनको प्रकाशले उज्यालो बनायो।

संस्थाका अध्यक्ष शैख शमीम अहमद नदवीले भन्नुभयो“यो संस्था केवल छोरीहरूको शिक्षा केन्द्र मात्र होइन, उनीहरूको उज्यालो भविष्यको जग हो। हिफ्जुल कुरआनको आरम्भ एक शैक्षिक कदम मात्र होइन, बरु उम्मतकी छोरीहरूलाई वह्ये इलाही सँग जोड्ने एक पुण्य प्रेरणा हो, जसले पुस्ताहरुलाई रौशन बनाउनेछ।”

आयशा सिद्दीका गर्ल्स कॉलेज झण्डानगरका प्रमुख डा. मंज़ूर अहमद खान अलीगले भन्नुभयो: “हाम्रा छोरीहरू हाफिज़ा बनेर समाजमा दीनको उज्यालो फैलाउने कार्यमा अगाडि बढ्नेछन्। यही हाम्रो संस्थाको सपना र ध्येय हो।जामिया सिराजुल उलूम अल्सलफियाका शैखुल जामिया, शैख अब्दुर्रशीद मदनीले भन्नुभयो: “कुरआनको सेवा नबीहरूको विरासत हो। छोरीहरूमार्फत् यो महान मिसनको आरम्भ उम्मतको लागि गौरवको कुरा हो।”

जामिया सिराजुल उलूमका शिक्षक डा. अब्दुल गनी अल-कूफीले भन्नुभयो: “कुरआनको हिफ्ज़ले हृदयमा प्रकाश, चरित्रमा पवित्रता र जीवनमा दृढता दिन्छ। यो समयको गहिरो आवश्यकता हो। मुलुकमा छोरीहरूमार्फत हिफ्ज़ कोर्सको प्रचलन विरलै देखिन्छ। यो कदम देशका छोरीहरूको लागि अनुपम उपहार हो।”

शैखुल हदीस, शैख खुर्शीद अहमद सलफीले भन्नुभयो: “जस जातिहरूले आफ्नी छोरीहरूलाई कुरआनको उत्तराधिकारी बनाउँछन्, ती कहिल्यै पतन होइन, सदा उत्कर्षतिर अग्रसर हुन्छन्।”I Plus TV का निर्देशक शैख ज़ैद पटेलले भन्नुभयो: “मिडिया संसारमा कुरआनको प्रकाश फैलाउनु हाम्रो जिम्मेवारी हो, र यस्ता संस्था यो मिशनका मुख्य आधार हुन्।”

राष्ट्रिय मदरसा संघ नेपालका महासचिव तथा जामिया सिराजुल उलूमका प्रवक्ता मौलाना मशहूद खान नेपालीले भन्नुभयो:“यो संस्था छोरीहरूका लागि कुरआनको प्रकाश लिएर आएको छ। हामी यस बौद्धिक आन्दोलनको स्वागत गर्छौं र हर सम्भव सहयोगको प्रतिबद्धता जनाउँछौं।”संस्थाका शिक्षक शैखुलहदीस मुजीबुद्दीन मदनीले संस्थाको परिचय दिँदै भन्नुभयो: “ फातिमतुल ज़हरा को लक्ष्य केवल शिक्षा होइन, तरबियत र आत्मशुद्धिकरण पनि हो। हिफ्जुल कुरआन यसै पवित्र लक्ष्यको एक अनिवार्य कडी हो।”

संस्थाका शैख ताजुद्दीन सिराजीले भन्नुभयो:“यो कदम उज्यालो भविष्यको आधार हो। हामी यस पुनीत कार्यमा संस्थासँग पूर्ण समर्थन गर्दछौं।”कार्यक्रमको सञ्चालन जामिया सिराजुल उलूम  झण्डानगर नेपालका शिक्षक मौलाना खालिद रशीद सिराजीले गर्नुभयो। कार्यक्रमको समापनमा अध्यक्ष शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले सबै अतिथिहरूप्रति आभार प्रकट गर्दै भन्नुभयो:“हामीलाई विश्वास छ कि यो संस्था नजिकको भविष्यमा यस्ता हाफिज़ाहरू तयार पार्नेछ, जो ज्ञान, कर्म र दावतको सुन्दर संगम हुनेछन्।”

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]