सिरहा । बरियारपट्टी गाउँपालिका १ बाट कटुवा पेस्तोलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नर्गी चौकबाट भारततर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार दुई युवकलाई रोकेर चेकजाँच गर्दा पेस्तोल बरामद भएको हो ।
मोटरसाइकलमा भारतको मधुवनी जिल्ला पिपराही ग्रामपंचायत २ कमलपुरका १९ वर्षीय राजिव सिंह र सोही ठाउँका १९ वर्षकै प्रिन्स सिंह सवार थिए । पछाडी सवार प्रिन्सले कम्मरमा लुकाएको अवस्थामा पेस्तोल र ज्याकेटबाट गोली बरामद भएको प्रहरीले जनाएको छ ।
पेस्तोल र गोली बरामद भएपछि दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतारले कारबाही अगाडी बढाएको छ ।




















