काठमाडौं - मंगलबार गएको भूकम्पका कारण थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दुधकोशी– ७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।खुम्बु पासाङल्हामु गाउँपालिका– ५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।भूकम्पका कारण जिल्ला
पुरै पढ्नुहोस्
काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३६ जनाको मृत्यु भएको छ ।३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।
पुरै पढ्नुहोस्
सन्तोष केसीदोहा : "नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आउँदो शुक्रबार ३०३ औं पृथ्वी जयन्ती कतारमा पनि मनाइने भएको छ । प्रवासी नेपाली एकता समाज (पानस) कतारको आयोजनामा ३०३ औं पृथ्वी जयन्ती आउँदो शुक्रबार १० जनवरी २०२५ का दिन "प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा" भब्यताका साथ मनाउन लागीरहेको पानसका अध्यक्ष तिलक श्रेष्ठले जानकारी गराए । वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए । उनले त्
पुरै पढ्नुहोस्
सप्तरी - बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्। डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले तीन वर्ष पुरानो घटनामा वडाध्य
पुरै पढ्नुहोस्
काठमाडौं - गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौं सहितका सात जिल्लाका सिडिओ फेरिएका छन्। काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै, धर्मेन्द्र मिश्रलाई सुनसरी, गोगनबहादुर हमालको कैलाली, तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादव मोरङ, गोपालकुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ। काठमाडौंका सिडिओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ। उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनेर सर्वाेच्च अदालतले हालै एक फैसलामा बोलेपछि उनी विवादमा
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन।कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन् ।उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए।उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन् । अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्
पुरै पढ्नुहोस्
कपिलवस्तु, पुस २० नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो । रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष चापागाईंले नेपाल पत्रकार महासंघका कपिलवस्तुले सबै पत
पुरै पढ्नुहोस्
संखुवासभा । ट्र्याक्टर चोरेको आरोपमा खाँदबारी नगरपालिका-८ सार्कीडाँडाका २० वर्षीय गजेन्द्र रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले भोजपुर षडानन्द नगरपालिका-६ कुमालगाउँका नरबहादुर कुमालको प्रदेश १-०२-००३ त २७५५नम्बरको ट्र्याक्टर चोरेको प्रहरीले जनाएको छ ।उनलाई तुम्लिङटारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए ।संखुवासभा पाँचखपन नगरपालिका-६ वानाबाट पुस बुधबार राति चोरी भएको ट्र्याक्टर खाँदबारी-१ को चिल्ले चौतारा नजिक भेटिएको थियो । उनलाई जिल्ला अदालत चैनपुरबाट शुक्रबार ६ दिनको म्याद थप भई मुलुकी अपराध संहिता
पुरै पढ्नुहोस्
काठमाण्डौँ—सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रवारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ । आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।यसअघि मङ्गलवार र बुधवार दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो भने बिहीबार जाहेरवालाका तर्फबाट बहस भएको थियो । एक सय २१ जना जाहेरवालाको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।इजलास अधिकृत गुरुप्रसाद आचार्यका
पुरै पढ्नुहोस्
कपिलवस्तु, पुस २०कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो। उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् ।त्यसै गरि वरिष्ठ उपाध्यक्षमा नसरूल्ला खां, उपाध्यक्षमा रबिन्द्र कुमार गुप्ता, महासचिवमा हरिओम तुल्स्यान , सचिवमा ऋसब अग्रवाल विजयी भएका छन्। कोषाध्यक्षमा प्रतिक अग्रवाल तथा महिला सदस्यमा उर्मिला कुमारी कुर्मी निर्विरोध विजयी भएका छन्।कार्यसम
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित