रामएकवाल राम
दोहा - नेपाल मगर संघ कतारले मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व मनाउने भएको छ।
सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको संस्थाले ( मगर मिनाम ल्हेश५०१८) २०२५ को अवसरमा शुभकामना अदान प्रदान, वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गर्ने भएको छ।
कार्यक्रम अगामी शुक्रबार जनवरी १७ तारिक अबुहमर स्थित आईडियल इन्डियन स्कुलमा बिहान १० बजे देखि हुने आयोजक संस्थाका अध्यक्ष रेशम आले मगरले बताए।
कार्यक्रममा नेपालबाट आउन लागेको चर्चित लोक तथा दोहरी गायिका सम्झना लमिछाने मगर प्रस्तुति रहने बताएको छ।कार्यक्रममा नेपाल मगर संस्कृतिक टीमका स्थानीय कालाकारहरुको समेत साङ्गितिक प्रस्तुति रहने कार्यक्रम संयोजक कुमार रहादी मगरले जानकारी गराए।
कार्यक्रममा सहभागी हुन चाहनु हुने दर्शकहरुका लागि संस्थाले कतारको विभिन्न स्थानहरुबाट नि: शुल्क यातायात समेत व्यवस्थापन गरेको यातायात संयोजक मोतिलाल बुढामगरले बताए।
कार्यक्रमको सम्पूर्ण तयारी तिव्र रुपमा भईरहेको जानकारी गराउदै कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,कलाकार,साहित्यकार, व्यवसायी, पत्रकार ,समाजसेवी लगायत कतारमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन हुन आयोजकले सम्पुर्णमा आग्रह समेत गरेको छ।

















