रामएकवाल रामदोहा - थारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय माघी पर्व धुमधामका साथ मनाएका छन।शुक्रबार आईडल इन्डियन स्कुलको प्रांगणमा संस्थाको अध्यक्ष हरी बहादुर महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यता रहेको थियो। माघी पर्व तथा थारु संवत् २६४८ कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधि, बुद्धिजीवी समाजसेवी पत्रकार तथा नेपालबाट आएका अतिथि कलाकारहरु भर्षटायल गायिका अनु चौधरी, शेर बहादु गुरुङ्ग, बबिता गुरुङ
पुरै पढ्नुहोस्
ओम प्रकाश यादव लहान ०२ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आउदो माघ ५ गते वलिदानी दिवस मनाउने भएका छन्।पार्टीको केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री, माननीय उपेन्द्र यादवज्यूको प्रमुख आतिथ्यमा सिरहामा आयोजना गरिने "बलिदानी दिवस" लाई सफल बनाउन लहानमा पार्टीका कार्यकर्तासंग पूर्व तयारी बैठक सम्पन्न भएको छ। लहानस्थित कुश्वाहा धर्मशालामा आयोजित यो बैठक जनता समाजवादी पार्टी नेपाल जिल्ला सवन्य समितिका प्रमुख दिनेश महतोको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका नेता, कार्यकर्ताहरू, तथा समा
पुरै पढ्नुहोस्
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालत स्राेतले जनाएकाे छ ।सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्तामाथि आक्रमणको प्रयास भएको छ।सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले आक्रमण गरेका हुन्।रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन्।
पुरै पढ्नुहोस्
काठमाडौँ– स्वघोषित सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ। गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो।तामाङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको थियो।अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।
पुरै पढ्नुहोस्
काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबार एक औंस सुनको मूल्य दुई हजार ६ सय ७५.१८ अमेरिकी डलर कायम भएको छ।स्थानीय बजारमा प्रतितोला सुनमा रु. चार सयले वृद्धि भएको छ। अघिल्लो दिन सोही परिमाणको पहेँलो धातु रु. एक लाख ५५ हजारमा खरिद–बिक्री भएको थियो। आज एक तोला सुनको मूल्य रु. एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु. १० ले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार ८३० निर्धारण भएको छ।
पुरै पढ्नुहोस्
सिरहा - पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलित बनेका छन् ।मिर्चैया बजारका स्थानीय र व्यापारीहरूले बिहान करिब १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग निर्माणमा ढिलासुस्ती गर्दा समस्या झेल्नुपरेकाले आन्दोलन गर्नुपरेको स्थानीय व्यापारी अशोक साहले बताए ।उनका अनुसार निर्माणमा ढिलाइ गरेको र अहिले सडक झन् बिग्रेको राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् ।सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर च
पुरै पढ्नुहोस्
शियारान यादव लहान नगरपालिका वडा नं. २३ निवासी श्याम कुमार महतो नेपाल प्रहरी सेवामा कार्यक्षमता र उत्कृष्ट योगदानको आधारमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन्।प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार, २०८१ साल पौष २९ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २५ जना प्रहरी उपरीक्षकलाई एसएसपी पदमा सिफारिस गरेको छ। महतोको यो सिफारिसले उहाँको समर्पण र कार्यकुशलतालाई उजागर गरेको छ।महतोले लामो समयदेखि नेपाल प्रहरीमा कार्यरत रहँदै सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, र शान्ति कायम गर्न महत्त्वपूर्ण यो
पुरै पढ्नुहोस्
उमेश कुमार साह बोदे बर्साईन ,सप्तरी : १ माघ :- सप्तरीको बोदे बर्साईनमा राजबिराज नगरपालिकाको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई बोदे बर्साईन नगरपालिका–५ हुलाकी सडक अन्तरगतको बिधुत प्राधिकरण जाने बाटोमा ठक्कर दिएको थियो।गम्भीर घाइते हुनेमा बोदे बर्साईन नगरपालिका– १ घनगडी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर
पुरै पढ्नुहोस्
भारतको उत्तर प्रदेशको प्रयागराजमा आजदेखि कुम्भमेला शुरू भएको छ । आजदेखि शुरू भएको कुम्भमेला आउँदो फागुन १४ गते महाशिवरात्रिको दिनसम्म चल्नेछ ।कुम्भमेलाका डीआईजी वैभव कृष्णाले प्रयागराजमा अहिलेसम्म ५० लाख जनाभन्दा धेरै मानिसले स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४५ दिनसम्म चल्ने मेलामा ४० करोड जना मानिस सहभागी हुने उत्तर प्रदेश सरकारको दाबी छ ।मेलाअन्तर्गत भोलि पहिलो ठूलो कुम्भ स्नान हुनेछ । यो कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो महाकुम्भलाई मानव जातिको ‘अमूर्त सम्पदा’ को रूपमा
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित