सिराहा - जनत समाजवादी पार्टी ( जसपा )  नेपालको बलिदानी दिवस एव आम सभा सिराहामा सुरु भएको छ।

सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको प्राङ्गणमा सहिद रमेश महतो लगायत सहिदहरूको सम्झनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा १८औं बलिदानी दिवस सुरु भएको हो।

कार्यक्रममा पार्टीका उपाध्यक्ष राजकिशोर यादव एव शिर्ष नेताहरू लगायत उल्लेखनीय जनमानसको सहभागिता रहेको यस कार्यक्रममा सहिदहरूको योगदानलाई सम्मान र स्मरण गर्दै बलिदानी दिवसको मनाईरहेका छन।