विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । थापामाथि गृहजिल्ला झापामा आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको बताए । एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको केसीले बताए । उनीहरूलाई सोधपुछ भइरहेको केसीले बताए ।

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ