बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लुम्बिनी प्रदेश कतारको विशेष भेलाबाट अध्यक्षमा सजन लौडरि मनोनीत

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ ५, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लुम्बिनी प्रदेश कतारको विशेष भेलाबाट अध्यक्षमा सजन लौडरि मनोनीत
Rampam
3D Education Lahan

सन्तोश केसी

दोहा :  "लुम्बिनी प्रदेश समन्वय परिषद कतारको सातौं स्थापना दिवस तथा तथा विशेष परिषद भेला सम्पन्न  गरिएको छ । 

"भेलाले गत १९ अप्रिल २०२४ का दिन सम्पन्न गरिएको दोस्रो अधिबेशन बाट निर्वाचित भएका 

कार्यसमितिका उपाध्यक्ष रहेका सजन लौडरि लाई अध्यक्षमा अनुमोदन गरिएयोस भन्ने प्रस्ताव लाई उपस्थिति सम्पुर्णले तालीले स्वागत गरेका थिए ।

"दोस्रो अधिबेशन बाट निर्वाचित भएका अध्यक्ष डिल्लीराम भट्टराई लामो समय देखी कतार बाहिर रहेका हुँदा संस्था प्रभावकारी बनाउन समस्या देखिएको थियो । सोही कुरालाई मध्यनजर गर्दै अध्यक्ष भट्टराले केही समय अगाडि राजीनामा पेश गरेका थिए ।लगभग ६ महिना बढी समय  कार्यवाहकको अध्यक्षको जिम्मेवारी लौडरिले सम्हाल्दै आएका थिए । अन्य कार्यसमिति भने यथावत नै रहेका छ्न । 

5ada8225-3294-475a-aeb4-fb0d6345ee86

संस्थाका कार्यवाहक अध्यक्ष सजन लौडरिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक कमलमणि गुराँगाई रहेका थिए । कार्यक्रममा प्रमुख संरक्षक क्रान्ती सिंह, संरक्षक द्वय  केबी  हमाल इ अर्जुन भट्टराई, प्रमुख सल्लाहकार बुद्ध पान्डे लगायत संस्थाका सल्लाहकार हरु, लुम्बिनी प्रदेश अन्तरगत पर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा बौद्धिक ब्यक्तित्वहरु लगायत परिषद सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । 

औपचारिक रुपमा उट्घाटन गरिएको कार्यक्रममा २० औं स्थापना दिवसको अवसरमा केक काटिएको थियो । 

कार्यक्रम सह - संयोजक बिबस बेल्बासेले स्वागत मन्तव्य  पस्किएका थिए । कोषाध्यक्ष बिस्वनाथ भट्टराईले संस्थाको आयब्याय सार्बजनिक गर्दै टोटल आय रकम १६०४५ सोह्र हजार पैचालिस, र खर्च रकम "तेह्र हजार चारसय छ्यान्ब्बे" १३४९६  र बाकी मौज्दात रकम "पच्चीससय उन्पचास" रहेको जानकारी गराए । त्यस्तै महासचिव देवराज पुन ले प्रगति प्रतिबेदन प्रस्तुत गरे । 

5a991d3d-8cd3-4a4c-b02b-2872f68d68e1

कार्यक्रममा कलाकार हरु शान्ती ओलि र कोसेली रोक्का मगरले  साङ्गीतिक प्रस्तुति पस्किएका थिए । साथै संस्था स्थापना गर्ने सम्पुर्ण अग्रज हरुलाई सम्मान - पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।मन्तव्यको क्रममा उपस्थिति अतिथि हरुले लुम्बिनी प्रदेश समन्वय परिषद कतारले आर्थिक,नैतिक,भौतिक, सैक्षीक लगायत थुप्रै कार्यहरु गर्न सफल रहेको जानकारी गराए ।  आफूहरुले "प्रगति प्रतिबेदन´ बाटै संस्थाको गतिविधि बारे धेरै जानकारी लिन सहज रहेको साथै, जिल्ला बासी बिच एकता भाइचारको सम्बन्ध मजबुत बनाउदै यहाँ रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द पार्नुपर्नेमा जोड दिए 

प्रमुख अतिथि गुराँगाईले संस्था स्थापनाकाल देखी नै आफुले सबै गतिविधिहरु नजिक बाट नियाली रहेको बताए  । प्रवासमा  नेपाली समाजमा देखिएका बिकृती बिसङ्गती सहित, प्रवासमा गठन गरिएका संस्थाका बारेमा टिप्पणी गरे । देशमा संघीयता आएपछि कतारमा रहेका सबै जिल्ला  संस्थालाई व्याबस्थित गर्न प्रदेश संस्थाहरु खोलिएको जानकारी गराए ।

तर्क,बिचार, समस्या आ- आफ्ना ठाउॅंमा समय सान्दर्भिक र तार्किक होलान तर संस्थागत निर्णयहरु विधान अनुरुप हुने बताए । "लुम्बिनी प्रदेश धार्मिक सम्प्रदायले धनी, पर्यटनको प्रचुर  सम्भावना समेत रहेको हुँदा यहाँबाट प्रत्यक्ष लाभ लिन सकिने कुरामा जोड दिए । उन्ले जिल्ला अन्तर्गत हुने कार्यक्रम हरु नजुधाइकन गर्न आग्रह गर्दै सामाजिक कार्यहरु गर्दा एकरुपता हुँदै अगाडि बढ्न सुझाव पस्किदै 

 मनोनीत अध्यक्ष लौडरि लाई बधाई सहित शुभकामना पस्किए ।  सभापति सजन लौडरिले विशेष परिषद भेलाले आफुलाइ कार्यवाहक अध्यक्ष बाट कार्यकारी अध्यक्षमा मनोनीत गरि बिश्वास गर्ने सम्पुर्णमा आभार प्रकट गरे ।

आफ्नो गक्षले भ्याएसम्म कुनैपनि तरिकाले संस्था कमजोरि हुन नदिने बिश्वास दिलाए । आफ्नो कार्यकाल भित्र लुम्बिनी प्रदेश भित्र पर्ने दुर्गम क्षेत्रका "प्राथमिक बिद्यालयमा" अक्षकोष स्थापना गरि अगाडि बढ्ने महतत्व पुर्ण योजना रहेको जानकारी गराए । 

कार्यक्रममा उपस्थिति सम्पुर्ण सल्लाहकार हरु, परिषद सदस्यहरु लगायत उपस्थिति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यम बाट सहयोग गर्ने सम्पुर्ण प्रति आभार प्रकट गर्दै  औपचारिक कार्यक्रमको समापन गरेका थिए । 

कार्यक्रमको सहजीकरण महासचिव देवराज पुन ले गरेका थिए । भने संयोजक उपाध्यक्ष टेकराज थापा रहेका  थिए । हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ् सन : २०१८ मा लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा कतारमा स्थापित लुम्बिनी प्रदेश कतारमा हाल सम्म २०६ जना परिषद सदस्यहरु रहेका छ्न ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]