काठमाडौं । शिक्षकहरूले नयाँँ वर्ष सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८० सडकमै मनाउने बताएको छ ।शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् ।‘यसपालिका नयाँ वर्ष हामी सडकमा नै मनाउँदैैछौं । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्दैछौं,’ शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्ष २०८२
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त उनले भनेका छन । “नयाँ वर्षको शुभारम्भसँगै मुलुकमा आपसी एकता, भाइचारा, दिगो शान्ति, सामाजिक सद्भाव, सहिष्णुता, न्याय एवं राजनीतिक स्थायित्वलाई अझै सुदृढ बनाउँदै म
पुरै पढ्नुहोस्
सिरहा : प्रत्येक नयाँ वर्षको दिन सिरहाको लहान नगरपालिका १२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा लाग्ने मेला आज मेला लागेको छ। नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न फूलबारीमा बिहानैदेखि श्रद्धालुको भीड लागेको हो। हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आएका छन् । भक्तजनको भीड व्यवस्थित गर्न ठूलो संख्यामा स्वयंसेवक र प्रहरी परिचालन गरिएको छ । सहलेश मन्दिरका पुजारी जीतेन्द्र धामीले १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रे
पुरै पढ्नुहोस्
काठमाडौ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्।“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक स
पुरै पढ्नुहोस्
सिरहा - नेकपा एमाले सिरहाको ११औँ अधिवेशनबाट गरिएको नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै एक वडाध्यक्षले पार्टी परित्याग गरेका छन् ।गोलबजार नगरपालिका ६ का निर्वाचित वडाध्यक्ष सञ्जित भन्ने सञ्जीव लामाले एमाले परित्याग गरेका हुन् । उनले शनिवार राति फेसबुकमार्फत साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।स्रोतका अनुसार लामाकी बहिनी आशा योन्जन एमाले जिल्ला सह-सचिवमा दाबी गरेकी थिइन् । तर उनलाई बाइपास गरी खेमलक्ष्मी श्रेष्ठलाई सह-सचिव सर्वसम्मत चयन गरिएको छ । सोही कारण उनका भाइ लामा पार्टी परित्याग गरेका छन् ।आशाले पनि सामाजिक
पुरै पढ्नुहोस्
पर्सा - पर्साको वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अहिले बैठक भइरहेको उनको सचिवालयले जनाएको छ। शनिबार दुई समुदायबीच झडप भएपछि वीरगन्जमा शनिबार साँझ ६:३० बजेदेखि आज आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ। यहीबीच पर्साका प्रशासन प्रमुख, प्रहरी प्रमुखको उपस्थितिमा राजनीतिक दललगायत सरोरकारवाला सबै पक्षलाई सहभागी गराई सर्वपक्षीय बैठक आयोजना
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न भन्दै केन्द्रीय परिसंघ गठन गरेको छ।थारु, महिला, दलित, आदिवासी जनजाती, पिछडावर्ग, मुश्लिम, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित संघ÷संगठन, संस्था र व्यक्तित्वहरु सम्मिलित ४१ सदस्यीय परिसंघ गठन भएको जसपाले जनाएको छ।शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा केन्द्रीय सदस्य चन्देश्वर पासवानको नेतृत्वमा जसपा नेपालले परिसंघ घोषणा गरेको हो। केन्द्रीय सल्लाहकारमा पीके ठाकुरलाई चयन गरिए
पुरै पढ्नुहोस्
सिरहा - नेकपा (एमाले) सिरहा जिल्लाको ११ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा अशोक यादव सर्व सम्मत चयन हुनु भएको छ ।त्यसैगरी उपाध्यक्षमा नबिन यादब , सचिब प्रदीप महासेठ , सहसचिब शिबशंकर महतो , आशा यादब, खिम लक्ष्मी श्रेष्ठ लगायतका पदाधिकारी सर्बसहमतिबाट चयन भएको सहसचिब शिबशंकर महतोले जानकारी दिनु भएको छ । जिल्ला कमिटिका एक सय आठ जना पदाधिकारी सर्बसहमतिमा चयन भएका छन् । चैत्र २६ गते देखि २८ गते तीन दिनमा अधिबेसन समापन गर्ने गरी आयोजना गरीएको अधिवेशन सहमति पदाधिकारी चयन सर्बसहमतिबाट गर्दा अधिबेसन लब्बिएको
पुरै पढ्नुहोस्
पर्सा । वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ । दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको अर्यालको भनाई छ ।वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो
पुरै पढ्नुहोस्
रासिन्द्र यादवबलान बिहुल।सप्तरीको बलान बिहुल गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको अधिवेशन सम्पन्न भएका छन्। स्थानीय जेष्ठ नागरिक तथा पार्टीको वरिष्ठ अगुवा नेता मुनिलाल सल्हैताको अध्यक्षता तथा जनता समाजवादी पार्टी नेपाल केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादबको प्रमुख आतिथ्यतामा गाउँपालिका स्तरिय अधिबेशन सम्पन्न भएको छ ।सो अधिवेशनले उमेश कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३१ सदस्य नयाँ कार्य समिति सर्वसम्मतिले चयन भएको जसपा नेपालका क्षेत्र नम्बर—४ का क्षेत्रीय सभापति अरबिन्द सल्हैता यादवले जानकारी दिनुभयो ।नवगठि
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित