बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिइन्

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ३, २०८२ ४ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिइन्
Rampam
3D Education Lahan

सिरहा - चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहाकी दलित विवाहित महिला मंगलबार आफ्नै घरमा मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय दिउँसो झुन्डिएको अवस्थामा भेटिएकी हुन् । आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएकी छिन् । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय त्यसपछि बस्दै आएको नवराजपुर गाउँपालिका– ३, दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् । घटनापछि श्रीमान्ले समेत असहयोग गरेसँगै उनी माइतीमै बस्दै आएकी थिइन्, उनकी एक छोरी पनि छिन् । 

गत ९ पुसमा बरियारपट्टी गाउँपालिका– १, कचनारीको नरगीस्थित दिदीको घर गइरहेका वेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेको भन्दै उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्न दबाब भएपछि उनी तनावमा थिइन् । नामै किटेर छोरीले जाहेरी दिँदा पनि स्थानीय प्रहरीले दर्ता गरी अनुसन्धान अघि बढाउन आलटाल गर्दा मानसिक तनावमा रहेकी छोरीले ज्यान फालेको आमा बिलटौनदेवी सदायले बताइन् ।

‘छोरीमाथि यति ठुलो जघन्य अपराध भयो । यस्तो वेला ज्वाइँले पनि छोरीको वास्ता गर्न छाडे,’ उनले भनिन्, ‘सुरुमा प्रहरीले किटानी जाहेरी दर्ता गर्न पनि मानेन । ९ पुसमा दिएको जाहेरी १५ फागुनमा मात्रै दर्ता गर्‍यो । न्याय प्रक्रियामा ढिलासुस्ती हुँदा छोरी मानसिक तनावमा थिइन् ।’ 

बिलटौनदेवीका अनुसार प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेकै बेला स्थानीय नरेन्द्र यादवसहित घटनामा संलग्न व्यक्तिका आफन्त आएर गाउँघरमै मिल्नुपर्छ भन्दै दवाव दिएका थिए । ‘छोरीमाथि भएको ज्यादतीविरुद्ध कानुनी लडाइँ लड्छु भन्दा उल्टै पीडक पक्षबाट तिमीहरूले केही गर्न सक्दैनौ भन्दै निरन्तर धम्क्याउँदै आएका थिए’ उनले भनिन् ‘अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध परेको किटानी जाहेरी दर्ता गर्नसमेत आलटाल गर्ने महेशपुरपतार प्रहरी प्रमुखमाथि पनि अनुसन्धान हुनुपर्छ ।’ 

महेशपुर पतारी प्रहरी प्रमुख इन्स्पेक्टर रविन मैनालीले पीडितकी आमाले दिएको जाहेरी १५ फागुनमा दर्ता गरी अनुसन्धान जारी रहेका बेला घटना भएको बताए । किटानी जाहेरी दिएको ६५ दिनपछि मात्रै किन दर्ता भयो ? भन्ने प्रश्नमा उनले भने, ‘पीडितकी आमाले किटानी जाहेरी दिएको भोलिपल्ट नै जिल्ला प्रहरीमा आफ्नो प्रहरी युनिटले फसाउन लागेको भन्दै पीडक पक्षले उजुरी दिएकाले केही ढिलो भएको हो ।’ त्यस्तो घटनाको जाहेरी दिने हदम्याद ६ महिनासम्म हुने जिकिर गर्दै उनले प्रहरीले नियमानुसार नै जाहेरी लिएर अनुसन्धान गरिरहेको बताए । 

यस्तो थियो घटना
छिमेकी बरियारपट्टि गाउँपालिका– १ कचनारीको नरगीस्थित दिदीको घर गइरहेका बेला आनन्दीदेवी सदायलाई गत ९ पुसको बिहान करिब ११ बजे माइती गाउँनजिकै रहेको नवराजपुर गाउँपालिका– ३ जगतपुरमा स्थानीय २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर हरिनारायण यादवको आँपको बगैंचामा लगेका थिए । दुई युवाले पोखरीको दक्षिणतर्फ बगैंचामा लगेर आनन्दीदेवीका लुगासमेत च्यात्न थालेपछि चिच्याउँदै भागेर घरमा पुगेकी थिइन् । घरमा पुगेलगत्तै आफूमाथि भएको ज्यादतीको विषयमा आमालाई सुनाएपछि तत्कालै प्रहरीलाई खबर गर्नुका साथै महेशपुरपतारी प्रहरीमा किटानी जाहेरी दिएका थिए । 

न्यायका लागि धाउँदा प्रहरीको उल्टै हप्कीदप्की
९ पुसमा घटनालगत्तै जाहेरी दिएकामा प्रहरीले ४ माघमा बोलाएपछि आमा र बाबु जोगिन्दर सदायसहित पीडित महेशपुरपतारी प्रहरीमा पुगेका थिए । ‘प्रहरीले किटानी जाहेरीको ४० नम्बर दर्ता रहेको चिट समेत दियो,’ आमा बिलटौनले भनिन् ‘घर फर्किएको भोलिपल्ट फेरि बोलाएपछि श्रीमानलाई पठाउँदा अघिल्लो दिन दिएको चिट दर्ता नम्बर गल्ती भएछ भन्दै च्यातिदिएछन् ।’ इन्स्पेक्टर मैनालीले भने किटानी जाहेरी दर्ता भएको चिट त्यसरी नच्यात्नु पर्ने भन्दै त्यो विषयमा आफूलाई जानकारी नभएको बताए । 

छोरीमाथि बलात्कार प्रयास गरेकाहरूविरुद्ध किटानी जाहेरी दर्ता गराउन गएको बेलादेखि नै प्रहरीबाट दुव्र्यवहार भएको मृतककी आमाको आरोप छ । ‘घटनालगत्तै छोरीलाई लिएर प्रहरीमा गयौं, किटानी जाहेरी लिएर आउन भनेपछि त्यो पनि दिएँ’ उनले भनिन् ‘किटानी जाहेरी दिएको करिब एक महिनापछि जाहेरी दर्ता भएको भन्दै दिइएको चिट च्यातियो, जाहेरी नै गडबड छ भन्दै प्रहरीले गालीगलौज समेत गरे ।’

इन्स्पेक्टर मैनालीले बलात्कार प्रयाससम्बन्धी जाहेरी दर्ता हुनुअघि नै प्रहरीकै सहयोगमा घाउजाँच केश गराइएको र दर्तापछि अनुसन्धान गरिरहेको बताए । ‘प्रहरी घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि प्रयासरत छ,’ उनले भने । उनले मातहतको झाँझपट्टि प्रहरी र महेशपुरपतारी प्रहरीले जाहेरीमा किटान गरिएकाहरूको खोजी गरिरहेको दाबी गरे ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]