Showing 461-470 of 1,203 items.
  • समाजवादी प्रेस संगठनको नेतृत्व असंक्ष्म भन्दै पर्साका करिब दुई दर्जनले दिए राजीनामा

    वीरगंज - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नजिक रहेका समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सल्लाहकार एवं निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित संगठन पर्साका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँको समुहले संगठनको साधारण सदस्य समेत नरहने गरी सोमबार राजीनामा गरेको छ । संगठनमा हैकमबादी, चापलुसी बढदै गएकोले राजीनामा दिईएको बताईएको छ । संगठन पर्सामा संगठनका संस्थापक केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठकै पालादेखि बिवाद हुदै दुई गुटमा बिभाजित भएको थियो । करिब दुई वर्ष देखि पर्सा संगठनमा बिवाद र गुट उपगुट भए पछि नेतृत्वकर्ताले वास्तै नगरी थप झगडा

    पुरै पढ्नुहोस्
  • भिजिट भिसा प्रकरण:गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी

    काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् । 

    पुरै पढ्नुहोस्
  • मिथिलाञ्चलमा आज ‘वट सावित्री’ पर्व

    लहान  - मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै मैथिलानीहरुले वट सावित्री पर्व मनाइरहेकी छन् ।पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता र विवाहित मैथिलानीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि सिरहासहित सम्पूर्ण मिथिलाञ्चलका मैथिलानीहरुले सम्पूर्ण तयारी पूरा गरिसकेकी छन् ।आइतबार आ–आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पंखा र डालो किनमेल गर्नमा व्यस्त छिन् । पतिको

    पुरै पढ्नुहोस्
  • मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज राति भने, कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    पुरै पढ्नुहोस्
  • कतारमा छायांकन भएको 'त्यही छु पुरानो ठाउँमा' सार्वजनिक (भिडियोसहित)

    दोहा कतार : आफूलाई मन पराउने मान्छे नै असल प्रेमी हुन सक्छ र त्यसले जीवन्त माया गर्न सक्छ भन्ने कथालाई प्रमाणित गर्ने कथामा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कतारका विभिन्न रमणीय स्थलमा छायांकन भएको 'त्यही छु पुरानो ठाउँमा' बोलको गीत शुक्रबार भर्चुअल बजारमा सार्वजनिक गरिएको छ ।सन्तोष रुचालको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक  भएको गीतको म्युजिक भिडियोमार्फत चितवन घर भइ कतारलाई कर्मथलो बनाउँदै आएकी सदिक्षा थपलियाले नेपाली रंगमञ्चमा डेब्यु गरेकी छन् । रुचालकै आवाज र संगीत रहेको गीतका शब्द उमेश कुंवरले लेखेका हुन् ।

    पुरै पढ्नुहोस्
  • एनआरएनए आईसीसी विवादले कतारको अन्तिम परिषद भेला स्थगित

    रामएकवाल रामदोहा - गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) मा चलिरहेको विवादको प्रभाव कतारमा पनि परेको छ।गत शुक्रबार दोहाको होलिडे होटेलमा आयोजना गरिएको एनसीसी कतारको तेस्रो तथा अन्तिम परिषद् भेला सुरु नै न भई स्थगित भएको हो।सर्वोच्च अदालतको परमादेशअनुसार महाधिवेशनबाट चयन भएका अध्यक्ष महेश श्रेष्ठ र बद्री केसी नेतृत्वको समूहबीचको विवादका कारण तेस्रो परिषद भेला प्रभावित भएको हो।एनआरएनएका वरिष्ठ अभियन्ता, आईसीसी पदाधिकारी, पूर्वअध्यक्ष तथा समाजिक अगुवाहरूको सहमतिमा नेपाली समाजको हित र एकतालाई प्राथमिकता दिँदै थप संवाद आव

    पुरै पढ्नुहोस्
  • इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा २ लाख बराबरको सामान बरामद

    अजय मिश्र कृष्णनगर - इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले आफ्नो मताहत क्षेत्र भित्र करिब दुई लाख बराबरको माल समान बरामद गरेको छ। शुक्रवार बिहान करिब ११:४५ बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.०६ भिल्मी चोक स्थितमा बाट चोरी निकासी पैठारी गरेको रु १३५००।- बराबराको ३ बोरा (१५० के.जी.) चिनी बरामद गरेको छ। सोही दिन बिहान अन्दाजी ११:३० बजेको समयमा कपिलबस्तु महाराजगंज नगरपालिका वडा नं.०९ कुसहवा बढनी स्थितमा २ थान मोटरसाईकल, ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा जिउदो बोईलर कुखुरा र १९ प्याकेट पार्लेजी बिस

    पुरै पढ्नुहोस्
  • लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म सडक स्तरोन्नति गरिने

    सिरहा। लहान नगरपालिका–१५ मा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिर जाने जीर्ण सडक नगरपालिकाले स्तरोन्नति गर्ने भएको छ।नगरप्रमुख महेशप्रसाद चौधरीले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सडकको खाल्डाखुल्डी मर्मत गरी स्तरीय कालोपत्र गर्ने उल्लेख गरे। उनले भने, ‘राजदेवी मन्दिर यहाँको धार्मिक आस्थाको केन्द्र हो। पछिल्लो समय टाढाटाढाबाट भक्तजन उल्लेख्य मात्रामा आउने गर्दछन्। पक्की सडक निर्माणले यहाँको धार्मिक पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास लिएका छौँ।’लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म १० किलोमिटर दूरी रहेको छ। जसमध्ये ल

    पुरै पढ्नुहोस्
  • सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    सप्तरी। हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन्।मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका-२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब

    पुरै पढ्नुहोस्
  • मौसम पूर्वानुमान: यी पाँच प्रदेशमा बर्षाको सम्भावना

    काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम बर्षा भइरहेको छ।दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित